समाचार
अनेमसंघ म्याग्दीद्वारा मंगलाका पहिरो पीडितलाई राहत वितरण

विकल्प न्यूज\बेनी असोज २३ गते । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको विभिन्न वडामा वर्षात्को समयमा आएको पहिरोबाट पीडित बनेकाहरुलाई अनेमसंघले नगद र जिन्सी सहयोग गरेको हो । ‘विपद्मा अनेमसंघ’ भन्ने अभियान सञ्चालन गरी सो अभियानबाट सङ्कलित रकम मंगला गाउँपालिकाका […]
परिश्रमी खिम ः बङ्गुरपालनमा रमाउँदै (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य \बेनी असोज २२ गते । यहाँका एक युवाले सरकारी अनुदान पाएपछि व्यावसायिक बङगुरपालन थाल्नुभएको छ । पैसाको अभावमा खोर निर्माण र बंगुर खरिद गर्न समस्या भोग्दै आउनुभएका बेनी नगरपालिका ३ भकिम्ली राँखुका खिमबहादुर पुनले सरकार स्तरबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरी व्यवसायिक रुपमा बङ्गुरपाल्न थाल्नुभएको हो । लगानी गर्ने पूँजीको अभावमा भौतारिनु […]
म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/बेनी असोज २२ गते । विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ। धवलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो। म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य […]
पुलाचौरको जनकल्याणमा एकलाख पुरस्कार राशिको भलिबल प्रतियोगिता

विकल्प न्यूज\बेनी असोज २२ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा भलिबल प्रतियोगिता हुने भएको छ । विद्यालयको आयोजनामा नेपालीहरुको महान् पर्व विजयादशमी–२०८० को पूर्वसन्ध्याको अवसर पारेर जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । यही असोजको अन्तिम साता अर्थात् २४ गतेदेखि २७ गतेसम्म छात्र भलिबल प्रतियोगिता सञ्चालनको तयारी थालिएको आयोजक […]
बरंजाका पहिरो पीडितलाई माओवादीको सहयोग

बेनी, २२ असोज । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पीडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले दर्जिको घरगोठ पूर्णरुपमा क्षति […]
पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दी, असोज २२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा […]
भकिम्लीमा तयार भयो सुविधासम्पन्न विद्यालय भवन

विकल्प न्यूज/बेनी असोज २० गते । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीले समुदायकै नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत गरेका छन् । वि.स. २०७२ […]
माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन तयारी

विकल्प न्यूज/बेनी असोज १९ गते । रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता जलजला ३ माझफाँटमा हुने भएको छ । अधिवेशनलाई सफल बनाउन प्रवासी पर्वतेलीहरु जुटेका छन् । समाजले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ । समाजको अधिवेशन यहि […]
एमाले गण्डकीको अध्यक्षमा नवराज विजयी

विकल्प न्युज/ पाेखरा असाेज १९ गते । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् । नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी […]
मालिकामा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

विकल्प न्युज/बेनी असाेज १८ गते । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्रमार्फत मागहरुका बिषयमा प्रष्ठ पार्दै चरणबद्ध आन्दोलनलाई बेवास्ता गरिएकाले पेन डाउनको घोषणा गरिएको बताएका छन् । संघर्ष […]
दरबाङको छ्यारछ्यारेमा मोटरेबल पुल निर्माण

ठाकुरप्रसाद आचार्य \बेनी असोज १६ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाई भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ । पालिकाको वडा नम्बर एक निस्कोटलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दीखोला माथि पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएसँगै वर्षातका समयमा पनि आवतजावत गर्न सहज भएको छ । पुल बनेसँगै […]
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ […]
पूर्वाधार विकास कार्यालय म्याग्दीमा जनशक्ति अभाव

ठाकुरप्रसाद आचार्य \बेनी असोज १६ गते । पूर्वाधार विकास कार्यालय म्याग्दीमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा योजना कार्यान्वयनमा समस्या आएको छ । गण्डकी प्रदेश सरकारले आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा पुराना तथा चालु आर्थिक वर्षमा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनमा समस्या भएको हो । कार्यालयमा ११ जना प्राविधिक जनशक्तिको दरबन्दी भएकोमा हाल कार्यालय प्रमुख सहित ३ जना […]
क्यान्सर पीडितलाई ३२ लाख सहयोग

असोज १४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –६, स्थित पाखापानीकी क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जालाई करिब ३२ लाख रुपियाँ सहयोग रकम प्राप्त भएको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि संकलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी पीडित सगुनलाई हस्तान्तरण […]
एमाले गण्डकी अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/पोखरा असोज १४ गते । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदैछ । अधिवेशनका लागि प्रदेशका एघार जिल्लाबाट नौसय सात प्रतिनिधि छनोट भएका छन् । एमाले गण्डकीले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिएको हो । भोलिदेखि सुरु हुने अधिवेशन एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन […]