समाचार

माओवादीको अभियानबाट रत्नेचौरको रुइनेडाडामा सडक मर्मत

विकल्प न्यूज/बेनी असोज १३ गते । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शनिबार श्रमदान गरी सडक मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडक अन्तरगत पर्ने रुइने डाडामा मर्मत गरेका हुन् । वडा कमिटिको आयोजनामा करिब ३५ जना नेता […]

प्रहरीको हिरासत कक्षमा पुस्तकालय स्थापना

विकल्प न्यूज/बेनी असोज १३ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदाहित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायव […]

मल्लाजको भवानीपानीमा हेलिप्याड निर्माण

विकल्प न्युज/ बेनी असाेज १२ गते । पर्बतको जलजला मल्लाजमा  निर्मित हेलिप्याड हस्तान्तरण गरिएको छ । जलजला गाउँपालिका वडा नं  ४ को आर्थिक ब्यवस्थापन र श्री नयां रणभीम गुल्मको जनशक्ति ब्यवस्थापनमा मल्लाजको भवानिपानीमा निर्मित नागरिक मैत्री हेलीप्याडको  शुक्रबार  एक कार्यक्रमको आयोजना गरी  हस्तान्तरण  गरिएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिधि श्री नं. २३ बाहिनी अड्डाका […]

एमसीसी खारेज गर्न संयुक्त संघर्ष गरौँ ः नेता अनिल

विकल्प न्यूज /बेनी असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आइपिएसको अङ्ग एमसीसी खारेज गर्न सबै देशभक्तहरुको साझा मोर्चा अपरिहार्य भएको र आफ्नो पार्टीले त्यसको पहल गरिरहेको खुलासा गर्नुभएको छ । शुक्रबार म्याग्दीको सदरमुकाम बेनी बजारमा आयोजना गरिएको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै […]

खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण

ठाकुरप्रसाद आचार्य/बेनी असोज १२ गते । शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो […]

महभिरका १३ घर पहिरोको जोखिममा

विकल्प न्यूज/बेनी असोज १२ गते ।  म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तिको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको […]

राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

म्याग्दी १ २ असोज । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्याग्दीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन । निजामती सेवा ऐनमा आफ्ना मागहरू […]

कोरला नाका खोल्ने तयारी

विकल्प न्यूज/बेनी असोज १२ गते ।  नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । […]

२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो

पहिरोमा परेर रुममा एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी असोज ८ गते । फाइल तस्विर पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटना स्थलमै मृत्यु भएको हो । मालिका गाउँपालिका –२, बेलीका बिक काेठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा […]

दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण

विकल्प न्यूज/बेनी असोज ८ गते । काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर […]

गण्डकीमा एमाले अधिवेशनको तयारी

गण्डकी, असोज ८ गते । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो । “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको […]

विकास निर्माणमा प्रभावकारी काम हुनुपर्ने विमवासीको माग

विकल्प न्यूज/बेनी असोज ७ गते । म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९÷०८० मा वडा कार्यालयबाट सम्पादित काम तथा कार्यक्रम र योजनाहरुको […]

मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा

विकल्प न्यूज\बेनी असोज ७ गते ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आउनुभएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना […]

मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी र पुरस्कार वितरण

विकल्प न्यूज\बेनी असोज ५ गते । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा यसअघि […]