विकल्प न्यूज/सिड्नी
मंसिर २२ गते ।
थकाली सेवा समितिको यहि डिसेम्बर ३ तारिख आइतबार सम्पन्न साधारण सभाले दुर्गा गौचनलाई सर्बसम्मत पुन अध्यक्षमा चयन गरेको छ ।
सिड्नीको रक्डेल स्थित एभरेष्ट तंदूरी फंशन सेन्टरमा सम्पन्न सुक्त नबौ साधारण सभाले सस्थाको उपाध्यक्ष द्वयमा भरत शेरचन र ओम गौचनलाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा सुबास गौचन ,कोषाध्यक्षमा सुरेश शेरचनलाई चयन गरिएको छ भने सदस्यहरुमा बुद्ध भट्टचन,अजुमी गौचन, बसन्त गौचन,अग्नि शेरचन,एरिना शेरचन र हिक्मत रहेका छन् । सस्थाका नवनिर्बाचित सचिव द्वारा जारी प्रेस बिज्ञप्तीका अनुसार सस्थाको सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु दीपक शेरच, नारायण भट्टचन र कुमार तुलाचनलाई चयन गरिएको छ ।
सन् २००३ मा स्थापित यो समितिले नेपाल तथा अष्ट्रेलियामा नेपाली समाज को लागि विभिन्न सामाजिक तथा कल्याणकारी कार्यहरुको अतिरिक्त खेलकुदका कार्यक्रमहरु गर्दै आएको छ । नया कार्य समिति चयनका लागी सस्थाको बिधान अनुसार नारायण भट्टचन, कुमार तुलाचन र ध्वजेन्द्र गौचन सम्मिलित निर्वाचन कमिटी गठन गरिएको थियो ।
साधारण सभामा निबर्तमान सचिव रबिन शेरचनले तिन बर्ष भित्र भएका सस्थाको गतिबिधि प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेश शेरचनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । नव निर्बाचित अध्यक्ष दुर्गा गौचनले कार्यसमिति लाई बधाई तथा धन्यवाद ज्ञयापन गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नाका साथै एकिकृत थकाली परियोजना लाई शसक्त रुपमा अगाडी बढाउन आफ्नो कार्यसमिति सक्रिय हुने बताए ।