समाचार

सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा

विकल्प न्यूज/बेनी फागुन ८ गते । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न […]

बेनीमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन । बेनीमा आईतबार म्याग्दीमा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिले बेनीको खुल्ला मञ्चमा फुटबल खेल आयोजना गरेको हो । खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व […]

सुरक्षा अवस्थाको विषयमा छलफल

सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ फागुन । म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गर्नुभएको छ । शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, पत्रकार लगायतसंग छलफल गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा हुनुभएका प्रनाउ खड्काले […]

बरंजाको पखेर प्राथमिक विद्यालयको सातौ वार्षीक उत्सव

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको वरंजा गाविस २ पखेरमा रहेको पखेर प्राथमिक विद्यालयले आफ्नो सातौ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सुरु गरेको छ । शनिवार देखि सुरु भएको वार्षीक उत्सवको प्रमुख अतिथि व्यवस्थापिका संसदका सदस्य एवम पूर्व पशुपंक्षी विकास राज्य मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो ।   कार्यक्रममा पूर्व राज्य मन्त्री पुनले […]

म्याग्दीमा प्रजातन्त्र र निर्वाचन दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । बेनीमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६७ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवस मनाइएको छ ।प्रभातफेरी, प्रवचन र अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । दिवसको अवसरमा राजनितिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुले बेनीमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित ¥याली निकालेका थिए ।    जिल्ला प्रशासन […]

नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज फागुन ६ गते । म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी गाउँलाई चिनाउने उद्देश्यले म्युजीक भिडीयो तयार भएको छ । स्थानीय हिमाञ्चल मावीका शिक्षक कृष्ण पुर्जा पुनको “मेरो नांगी गाउँ” भन्ने गितको म्युजीक भिडीयो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको जन्मथलो समेत […]

वडा कार्यालयको जग्गादातालाई नागरिक अभिनन्दन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ फागुन । बेनी नगरपालिका १३ र १४ को भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकी सिंगाकी कृष्णकुमारी भट्टचनलाई नागरिक अभिनन्दन् गरिएको छ ।बेनपा १४ निवासी भट्टचन परिवारले वडा कार्यालय भवन निर्माणका लागि पन्ध्र लाख दश हजार रुपैयाँ मूल्य बराबरको सिंगामा रहेको १५ आना एक दाम जग्गा उपलब्ध गराउनु भएको थियो । […]

चार सय वर्ष पुरानो शिवालय मन्दिरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो शिवालय मन्दिरको संरक्षण र प्रर्वद्धनका लागि स्थानीय बासीन्दाले सक्रियता देखाएका छन् । बाईसे चौबिसे राज्यका पालामा निर्मीत उक्त मन्दिरमाथी ठूलो बरको रुख रहेको छ । तत्कालीन ज्यामरुककोटे राजा भद्रिबम मल्लले चार सय वर्ष पहिले यो मन्दिर स्थापना गरेको किम्बदन्ती छ […]

गरिमाका लगानीकर्तालाई अफरै अफर, २० प्रतिशत बोनसपछि ७० प्रतिशत हकप्रद

काठमाडौं, फागुन ६ । गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्दैछ । बैंकको आज बसेको दशौं साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ ।माघ २० गतेसम्म कायम शेयरधनीले बैंकको बोनस प्राप्त  गर्नसक्नेछन् । त्यस्तै हकप्रद शेयर […]

प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । ६७ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवसको अवसरमा शुक्रबार बेनीमा सरसफाइ कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बेनीका सार्वजनिक स्थल र कार्यालय परिसरको सरसफाइ गरिएको हो । दरवाङ बसपार्क, खुल्ला मञ्च र कालीपुल क्षेत्रमा सरसफाई गरिएको थियो । कुहीने र नकुहिने फोहोर संकलन गरि […]

पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालय समन्वयमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तर मन्त्रालयगत समन्वयमा जोड दिइएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार बिहान आयोजित अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको कमी, निर्माण व्यवसायी तथा उपभोक्ता समितीको लापरबाही र कर्मचारीमा ईच्छाशक्तिको कमीले विकास बजेट कार्यान्वयन एवं […]

म्याग्दीलाई शान्त र सुरक्षित बनाउछु ः डिएसपी बशुन्धरा खड्का

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज फागुन ५ गते ।बुधबार मात्र प्रहरी मुख्यलायबाट म्याग्दी सरुवा भइ आउनुभएको नव आगन्तुक प्रहरी नायव उपरीक्षक(डिएसपी) बशुन्धरा खड्काले म्याग्दीलाई शान्त र सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । म्याग्दीको इतिहासमा पहिलो पटक  महिलाले प्रहरी प्रमुखको जिम्मेवारी लिनुभएको छ । उहाँले आफूलाई महिला डिएसपीका रुपमा नलिन अनुरोध गर्नुभयो ।  उहाँले विकल्प न्यूज सँगको संक्षिप्त […]

ग्रामिण क्षेत्रमा सञ्चालित रेष्टुरेन्टको नयाँ परिकार

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर ५ फागुन । म्याग्दीको ग्रामिण क्षेत्रमा सञ्चालित एक रेष्टुरेन्टले स्थानीय सामाग्रीबाट नयाँ किसीमको खानाको परिकार तयार पार्न थालेको छ । बाबियाचौर २ सिमलचौरमा रहेको केडी कटेजले प्रथम वार्षिक उत्सवको अवसरमा बिहीबार केडीसी सेट खानाको परिकार सार्वजनीक गरेको हो । रेष्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा कटेजका सञ्चालक अशोक पौडेलले स्थानीय कृषि उपज, मसला, […]

योजना कार्यान्वयनलाई प्राथमिकता दिन उपाध्यक्ष श्रेष्ठको आग्रह

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विकास निर्माणका लागि योजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आयोगको उपाध्यक्षमा नियुक्त भएकोमा जन्मथलो म्याग्दीको सिंगा र तातोपानीमा विहिवार उहाँको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।      उहाँले योजनाहरुमा बजेट विनियोजन हुँदैमा ढुक्क भएर बस्न नहुँने भन्दै […]

स्ववियु निर्वाचन रोक्न क्याम्पसका प्रमुख र उपप्रमुखको ‘अपहरण’

४ फागुन, धनगढी । लम्की बहुमुखी क्याम्पस कैलालीका प्रमुख र सहायक प्रमुख अपहरणमा परेका छन् । बुधबार क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्ट अपहरणमा परेका हुन् । उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै कब्जामा लिएर अज्ञात स्थलतर्फ लगेको स्रोतले बतायो । तर, कैलाली प्रहरीले भने यसबारे जानकारी नभएको बताएको […]