ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
फागुन ५ गते ।बुधबार मात्र प्रहरी मुख्यलायबाट म्याग्दी सरुवा भइ आउनुभएको नव आगन्तुक प्रहरी नायव उपरीक्षक(डिएसपी) बशुन्धरा खड्काले म्याग्दीलाई शान्त र सुरक्षित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । म्याग्दीको इतिहासमा पहिलो पटक महिलाले प्रहरी प्रमुखको जिम्मेवारी लिनुभएको छ । उहाँले आफूलाई महिला डिएसपीका रुपमा नलिन अनुरोध गर्नुभयो । उहाँले विकल्प न्यूज सँगको संक्षिप्त कुराकानीमा जिल्लामा शान्ती सुरक्षा र अमयनचयन कायम गर्न नागरिकहरु सँग मिलेर काम गर्ने बताउनुभयो ।
सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन उहाँले भन्नुभयो,‘ म म्याग्दीमा काम गर्ने शाहसका साथ आएको हुँ।’ संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सुडानमा शान्ति स्थापना गर्नका लागि त्यहा पुगेर काम गरेको अनुभव आफू सँग भएको उहाँले बताउनुभयो । म्याग्दीका वारेमा प्रहरी मुख्यालयमा सकरात्मक कुरा हुने गरेको र यहाँ आउन सवैजना तछाडमछाड गर्ने गरेको उहाँले बताउनुभयो ।
२०६१ जेठ १५ मा नेपाल प्रहरीमा प्रहरी निरिक्षकका रुपमा प्रवेश गर्नुभएकी खड्का दुइवर्ष अघि प्रहरी नायव उपरिक्षक पदमा पुग्नु भएको हो । २०३६ सालमा ललितपुरमा जन्मनुभएकी खड्का उमेरले भर्खर ३७ वर्ष हुनुभएको छ । भर्खरको भए पनि खड्का सँग कामको अनुभव धेरै छ । महिला भएर मात्र होइन क्षमतावान भएरनै प्रहरी नायब उपरीक्षक पदमा पुग्नुभएको हो । उहाँले राजधानीको सोह्खुट्े,लैनचौर र इन्टरपोलमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
विहिवार मात्र प्रहरी प्रमुखको जिम्मेवारी सम्माल्नु भएको खड्काले जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि राजनीतिक दल नागरिक समाज, अधिकारकर्मी एवं पत्रकार जगतलाई समेत सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ ।