ताजा समाचार:
Search

सुरक्षा अवस्थाको विषयमा छलफल

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ८ फागुन ।
म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गर्नुभएको छ ।

शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, पत्रकार लगायतसंग छलफल गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा हुनुभएका प्रनाउ खड्काले सुझावको आधारमा बस्तु स्थितीलाई बिश्लेषण गरेर आवश्यक कदम चालीने बताउनुभयो ।dsp basundhara khadka 1गुणस्तरीय सेवा, नागरिक मैत्री व्यवहारलाई प्राथमिकता दिने बताउँदै प्रनाउ खड्काले समाजसंग सन्तुलीत सम्बन्ध राख्ने र म्याग्दीलाई शान्त, सुरक्षीत र स्वच्छ जिल्ला बनाउने प्रनाउ खड्काले बताउनुभयो ।

महिला हिंसा, मानवअधिकारको हनन्, दुव्र्यसनी, सामाजिक विकृती र दुर्घटनाको समस्या न्युनीकरणका लागि सरोकारवालाहरुसंग समन्वय गर्ने उहाँले बताउनुभयो । विपद् व्यवस्थापनको तयारीको साथै मेलाजात्रालाई व्यवस्थित र सुरक्षित बनाउन आयोजकलाई जिम्मेवार बनाइने उहाँको भनाई छ ।

यसअघि काठमाडौको सोह्खुट्टे क्षेत्रको प्रहरी प्रमुखको नेतृत्वका साथै अपराध अनुसन्धान महाशाखामा रहेर काम गर्नुभएकी खड्का म्याग्दीको सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुन्छ ।

प्रनाउ खड्कालाई म्याग्दीमा कार्यरत पत्रकारहरुले नजिक हुन र प्रभावमा पर्ने तत्वसंग सचेत रहनु, अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिन, प्रहरी सेवालाई छिटो, छरिटो र नागरीकमैत्री बनाउन, प्रहरी मेरो साथी कार्यक्रमलाई गाउँ तहसम्म लैजान सुझाव दिएका थिए ।
पत्रकारसंगको अन्तरक्रिया कार्यक्रमको प्रहरी निरिक्षक दिवाकर घिमीरेले सहजिकरण गर्नुभएको थियो ।