ताजा समाचार:
Search

वडा कार्यालयको जग्गादातालाई नागरिक अभिनन्दन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ फागुन ।
बेनी नगरपालिका १३ र १४ को भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकी सिंगाकी कृष्णकुमारी भट्टचनलाई नागरिक अभिनन्दन् गरिएको छ ।IMG_2764बेनपा १४ निवासी भट्टचन परिवारले वडा कार्यालय भवन निर्माणका लागि पन्ध्र लाख दश हजार रुपैयाँ मूल्य बराबरको सिंगामा रहेको १५ आना एक दाम जग्गा उपलब्ध गराउनु भएको थियो । जग्गादाता भट्टचनलाई बिहीबार सिंगाको धौलागिरी माविमा आयोजित कार्यक्रममा नागरिक अभिनन्दन गरिएको थियो ।wdaराष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, पुर्वसांसद गोविन्द पौडेल लगायतले उहाँलाई दोसल्ला ओदाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

वडा सचिव प्रभा शर्माले जग्गादाता भट्टचन र उहाँका श्रीमानको तस्विर कार्यालयमा राखिने बताउनुभयो । भट्टचनले उपलब्ध गराउनुभएको जग्गामा दुई वर्षअघि शान्ति तथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा जिल्ला प्राबिधिक कार्यालय मार्फत भवन निर्माण भएको थियो ।