म्याग्दीमा प्रजातन्त्र र निर्वाचन दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ फागुन ।
बेनीमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६७ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवस मनाइएको छ ।demoप्रभातफेरी, प्रवचन र अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । दिवसको अवसरमा राजनितिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुले बेनीमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित ¥याली निकालेका थिए ।  demo1  जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गरेपछि बेनी सामुदायीक माविको परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । कार्यक्रममा सांसद नरदेवी पुनले जनताले प्रजातन्त्रको अनुभुती गर्ने अवस्था आउन राजनितिक स्थिरता, सही बिचार, निती र नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।demo 4अर्का सांसद नवराज शर्माले संबिधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रिय निर्वाचनको मिती घोषणा गर्न माग गर्दै कर्तब्यको पालनामा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा वक्ताहरुले राष्ट्रिय पर्व र दिवसको कार्यक्रममा अपेक्षाकृती जनसहभागिता हुन छोडेकोप्रती टिप्पणी समेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, राजनितिक दलहरुको तर्फबाट नयाँ शक्ति पार्टीका संयोजक भुपेन्द्र बुढाथोकी, नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका उपाध्यक्ष मालती खत्रीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।demo2मुल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षता, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलको सञ्चालन र जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । demo3सो समारोहमा स्थानीय शान्ति समितिको आयोजनामा भएको “शान्ति निर्माणमा युवा तथा विद्यार्थीहरुको भूमिका” विषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।demo 5शुक्रबार भएको प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासिय माविकी दिज्ञा जिसी प्रथम, बेनी आवासीय माविका अविनास शर्मा दितृय, प्रकाश माविका बिनोद बिक तितृय, बेनी सामुदायीककी गिता बुढामगर र लोकदिप आवासीय माविका सन्दिप खत्री सान्तवना भएका थिए ।
उनिहरुलाई क्रमश दुई हजार पाँच सय, एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाका दरले पुरस्कार वितरण गरीएको समितिका संयोजक मुक्ति ढुङ्गानाले जानकारी दिनुभयो ।

समारोहमा बेनी नगरपालीकालको तर्फबाट कार्यकारी अधिकृत छवीलाल सुवेदीले जिल्ला कारागारका कैदी बन्दिका लागि भलीबल र नेट उपलब्ध गराउनुभएको थियो । १०४ वर्षीया जहानीया राणा शासनको अन्त्य भई वि.स २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य