बेनीमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ फागुन ।
बेनीमा आईतबार म्याग्दीमा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।footbal६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिले बेनीको खुल्ला मञ्चमा फुटबल खेल आयोजना गरेको हो । खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजाले गर्नुभएको थियो ।  footbal 1कर्मचारीको तर्फबाट प्रजिअ पौडेल र खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले ११ तथा राजनितिकर्मीको तर्फबाट सोभन श्रेष्ठले १ गोल गर्नुभएको थियो । मैत्रीपूर्ण फुटबलसंगै म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर प्रजातन्त्र तथा निर्वाचन दिवस मनाइएको छ । footbal 2शुक्रबार बेनीको सार्वजनिक स्थलको सरसफाई, शनिबार ¥याली र प्रवचन आयोजना गरिएको थियो ।