ताजा समाचार:
Search

चार सय वर्ष पुरानो शिवालय मन्दिरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ फागुन ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो शिवालय मन्दिरको संरक्षण र प्रर्वद्धनका लागि स्थानीय बासीन्दाले सक्रियता देखाएका छन् ।

बाईसे चौबिसे राज्यका पालामा निर्मीत उक्त मन्दिरमाथी ठूलो बरको रुख रहेको छ । तत्कालीन ज्यामरुककोटे राजा भद्रिबम मल्लले चार सय वर्ष पहिले यो मन्दिर स्थापना गरेको किम्बदन्ती छ । मन्दिरमाथी बरको रुख रहेकाले यसलाई धरैले आश्चार्य मान्ने गरेका छन् ।
मन्दिरलाई धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्नका लागि पुर्वाधार निर्माण गर्ने उद्देश्यले संरक्षण समितिले फागुन ८ देखि १९ गतेसम्म महाशिवपुराण ज्ञान महायज्ञ आयोजना गरेको छ ।

महायज्ञबाट संकलन हुने रकम मन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापनामा परिचालन गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, बालाचर्तुदर्शी, शिवरात्रीमा बिशेष पुजाआजा हुने गर्छ ।

महायज्ञबाट तीस लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन गर्ने लक्ष्य राखिएको निर्देशक तथा अनुगमन उपसमितिका संयोजक प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । विभिन्न १८ वटा उपसमिती मार्फत महायज्ञको तयारी तिब्र पारिएको छ ।