ताजा समाचार:
Search

समाचार

निर्वाचन बहिस्कार गर्ने राँखुवासीको घोषणा

विकल्प न्यूज/बेनी फागुन २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाब बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले शुक्रबार प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाका बहुसंख्यक जनतालाई सास्ती दिनेगरि रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानी तोकीएको विरोधमा संघर्ष समितिले निर्वाचन बहिस्कार गर्ने भएको हो ।संघर्ष समितिको शनिवार […]

यस्तो छ म्याग्दीमा गाउँपालिकाको कार्यालय स्थापना गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । म्याग्दीका स्थानीय तह अनुसारको कार्यालय स्थापना गर्ने तयारी भएको छ । नवघोषित मंगला, मालिका, धौलागिरी, रघुगंगा, अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा स्थानीय तहको कार्यालय स्थापना हुन लागेको हो । बेनी नगरपालिकाको कार्यालय भने बेनीमै यथावत रहनेछ । धौलागिरीको मुना, मालिकाको दरवाङ, मंगलाको बाबियाचौर, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा कार्यालय स्थापना […]

उग्रता र हठले देशलाई द्धन्द्धमा धकेल्छ – डा. रिजाल

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ फागुन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेशकेन्द्रित दलको उग्रता र एमालेको हठका कारण देशलाई द्धन्द्धतर्फ धकेलेको टिप्पणी गर्नुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको शनिबार बेनीमा आठौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता रिजालले मधेश केन्द्रित दलले संबिधानलाई उपलब्धि नै नठानेर देखाएको उग्रता र एमालेले […]

स्वाईन फिभर रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । म्याग्दीको बेनीमा शनिबार बंगुरमा लाग्ने स्वाईन फिभर रोग नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रममा बंगुरपालक कृषक र पशु सेवा प्राबिधिकहरुबीच स्वाईन फिभर रोगको कारण, लक्षण, उपचार बिधी र रोकथामका उपायका विषयमा छलफल भएको थियो […]

बेनीमा थकाली समुदायमा तोरनल्हको रौनक

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा तोरन ल्ह पर्व मनाउने गर्दछन् । तिन दिनसम्म मनाउने यस पर्वलाई थकाली समुदायको सबैभन्दा ठूलो चाड मानिन्छ । तोरन ल्ह मनाउन घरबाहीर र बिदेशमा रहेका थकाली समुदायहरु आफ्नो […]

म्याग्दीमा बर्षा र हिमपातले जनजिवन कष्टकर

सन्तोष गौतम/विकल्प न्यूज बेनी २८ फागुन । भरी र हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजिवन कष्टकर बनेको छ । म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङमा शुक्रबार बिहानै देखिको झरी र हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो ।म्याग्दीको गुर्जा, घोडेपानी, राम्चे, लुलाङ लगायत उच्च पहाडी बस्तीहरुमा हिमपात भएको छ । डेढ फिटसम्म हिउँ जमेपछि सर्वसाधारण […]

मोनाकतारको आठौ साधारणसभा सम्पन्न ः अध्यक्षमा पौडेल

तिलु शर्मा पौडेल/विकल्प न्यूज कतार,फागुन २८ गते । “प्रवासीम्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि”भन्ने मूलनाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दीप्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समितिकतार (मोनाकतार)को आठौ साधारणसभा भव्य रुपमा सम्पन्नभएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थितभूइया रेस्टुरेन्ट (नेपालीआगन)को सभाहलमा सम्पन्न भएको हो । मोनाकतारका अध्यक्ष किरण शाहीको सभापतित्वमा […]

यस्तो छ म्याग्दीमा स्थानीय तह कार्यान्वयनको तयारी

सन्तोष गौतम/विकल्प न्यूज फागुन २७ गते । सरकारले शुक्रबार घोषणा गरेको नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनका लागि म्याग्दीमा तयारी थालीएको छ । म्याग्दीमा कायम भएको एक नगरपालिका र पाँच गाउँपालिकाको प्रशासनीक संरचना अनुसार प्रशासनिक काम सुरु गर्ने तयारी भएको हो । मन्त्रालयको निर्देशन र कार्यबिधी अनुसार स्थानीय तहको कार्यान्वयनका लागि आन्तरिक तयारी सुरु गरेको […]

वेष्ट पोइन्टमा नाटक मन्चन

विकल्प न्यूज/बेनी फागुन २७ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा नाटक मन्चन गरिएको छ । प्रसिद्द साहित्यकार बिजय मल्ल द्वारा लिखित बौलाहा काजीको सपना शुक्रबार बिहान मन्चन गरिएको हो । कक्षा ११ को अनिवार्य नेपालि पाठ्यपस्तकमा सम्मिलित नाटक कक्षा १२ का विद्यार्थीलो प्रदर्शन गरेका हुन् । पुष महिनामा प्रदर्शन गर्ने भनिए पनि बिबिध कारणले […]

म्याग्दीमा चैत ५ देखि ७ गते सम्म हात्तिपाईलेको औषधि खुवाउने

विकल्प न्यूज/बेनी फागुन २७ गते । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले चैत ५,६ र ७ गते हात्तिपाईले रोग निवारण का लागि औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । हात्तिपाईले रोग लाग्नबाट बचाउन औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो । म्याग्दीका एक लाख चार हजार दुइसय जनालाई अबेण्डाजोल, डिईसी चक्की औषधि खुवाउने तयारी भएको जिल्ला […]

आजैदेखि देशभरका गाविस विघटन – ७४४ स्थानीय निकाय आजैबाट कार्यान्वयन

२७ फागुन, काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे।उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने- ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा […]

मल्कवाङमा बिजुली बलेपछि खुसियाली

सन्तोष गौतम/विकल्प न्यूज फागुन २७ गते । म्याग्दीको दुर्गम मल्कवाङ गाविसमा निर्माण भएको नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको उद्घाटन गरिएको छ ।नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले ४२ किलोवाट क्षमताको परियोजनाको बुधबार उद्घाटन गर्नुभएको हो । गत असार २१ गतेदेखी नियमित विद्युत उत्पादन सुरु भएको परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र […]

म्याग्दीमा किन प¥यो सकस विद्यालय भवन योजना पुरा गर्न !

सन्तोष गौतम /विकल्प न्यूज फागुन २६ गते । म्याग्दीमा सञ्चालीत विद्यालय भवन निर्माण योजनाहरु अधुरा बनेका छ । देशभर समान लागत र मापदण्डमा एकै किसीमको भवन निर्माण गर्ने शिक्षा मन्त्रालयको अव्यवहारिक नीतिका कारण आर्थिक स्रोत जुटाउन नसक्दा कक्षा कोठा भवन निर्माण योजनामा ढिलाई भएको हो । किसानी मावि बिमकोे निर्माणाधिन भवन । तस्विर नवविकल्प भवन […]

ताकमवासीको आन्दोलन स्थगित

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ फागुन । प्रस्तावीत धौलागिरी गाउँपालिकाको केन्द्र ताकमलाई कायम गर्नुपर्ने माग राख्दै स्थानीयले गरेको आन्दोलन स्थगीत भएको छ ।धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले गत बिहीबारदेखि ताकम क्षेत्रमा सडक, व्यवसाय, सरकारी कार्यालय ठप्प पारेर आन्दोलन गरेका थिए । ताकम भन्दा माथिका गाविसका बासिन्दालाई परेको समस्या र भविष्यमा पर्न सक्ने दुरगामी असरलाई […]

आइतबारभित्रै स्थानीय तहमा कर्मचारी खटाउने सरकारको गृहकार्य

२६ फागुन, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी आइतबारसम्म स्थानीय तहमा कर्मचारी खटाउने गृहकार्य गरेकोे छ । मन्त्रालयले आफूसँग भएको कर्मचारीलाई आइतबारसम्म खटाइसक्ने र बाँकी नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग्ने तयारी गरेको छ । गाउँपालिका कार्यकारी प्रमुखका लागि मन्त्रालयलाई करिब ४ सय अधिकृत तहका कर्मचारी अभाव हुने अनुमान गरेको छ । […]