ताजा समाचार:
Search

मल्कवाङमा बिजुली बलेपछि खुसियाली

सन्तोष गौतम/विकल्प न्यूज
फागुन २७ गते ।
म्याग्दीको दुर्गम मल्कवाङ गाविसमा निर्माण भएको नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको उद्घाटन गरिएको छ ।DSC09444नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले ४२ किलोवाट क्षमताको परियोजनाको बुधबार उद्घाटन गर्नुभएको हो । गत असार २१ गतेदेखी नियमित विद्युत उत्पादन सुरु भएको परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरी लाभान्वित भएका छन् । DSC09440 दुई करोड १७ लाख ७९ हजार २६१ रुपैयाँको लागतमा परियोजना निर्माण भएको उद्घाटन कार्यक्रममा आय व्यय विवरण सार्वजनिक गरिएको थियो । एक करोड ५९ लाख २६ हजार २६१ रुपैया नगद तथा ६९ लाख रुपैयाँ बराबरको श्रमदानमा परियोजना निर्माण भएको अध्यक्ष लालबहादुर छन्त्यालले बताउनुभयो ।

बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र राष्ट्रिय ग्रामिण नविकरणीय उर्जा कार्यक्रमले धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) बागलुङ मार्फत ८१ लाख ९० हजार, मल्कवाङ गाविसको पाँच लाख ५६ हजार, जिविसको दुई लाख र ३, ४, ५ र ६ नम्बर वडा र आमा समूह कोषको १३ लाख १० हजार रुपैयाँ लगानी भएको छ ।

परियोजना निर्माणका लागि स्थानीय र प्रवासमा रहेका मल्कवाङका बासिन्दाले ५६ लाख ७० हजार २६१ रुपैयाँ चन्दा संकलन गरेर जुटाएका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि छन्त्यालले मल्कवाङमा सबैभन्दा ठूलो विकास योजना निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले स्थानीयबासीले लामो समय संघर्ष गरेर परियोजना निर्माण गरेपनि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले अझै दोस्रो र तेस्रो किस्ता भुक्तानी नगर्दा समस्या परेको गुनासो गर्नुभयो । परियोजना उद्घाटन कार्यक्रममा स्थानीयबासीले नाचगान गरेर खुसियाली मनाएका छन् ।DSC09449

सो कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, नेकपा एमाले म्याग्दीका सदस्य देउप्रसाद छन्तयाल, परियोजनाका संयोजक अमर छन्त्याल, मल्कवाङ समाज युकेका कोषाध्यक्ष धनबहादुर छन्त्याल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

लालबहादुर छन्त्यालको अध्यक्षता, आमा समूहका सदस्य यामदेवी छन्त्यालको स्वागत र शिक्षक हरी छन्त्यालको सञ्चालनमा सम्पन्न भएको कलाकार अमित विश्वकर्मा र धर्तीमा थापाले गीत र छन्त्याल समुदायको पुख्यौली नृत्य प्रस्तुत गरिएको थियो । तस्विरहरु अमित विश्वकर्मा