ताजा समाचार:
Search

वेष्ट पोइन्टमा नाटक मन्चन

विकल्प न्यूज/बेनी
फागुन २७ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माविमा नाटक मन्चन गरिएको छ । प्रसिद्द साहित्यकार बिजय मल्ल द्वारा लिखित बौलाहा काजीको सपना शुक्रबार बिहान मन्चन गरिएको हो । कक्षा ११ को अनिवार्य नेपालि पाठ्यपस्तकमा सम्मिलित नाटक कक्षा १२ का विद्यार्थीलो प्रदर्शन गरेका हुन् । पुष महिनामा प्रदर्शन गर्ने भनिए पनि बिबिध कारणले स्थगित नाटक फागुन २७ गते प्रदर्शन गरिएको मिडिया हबका संयोजक कृष्ण जिसिले बताउनुभयो ।b15कक्षा ११, १२, बिबिएस, शिक्षक अभिभाबक संघ, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, संचालक समितिका सदस्यहरु म्याग्दी बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख एबम साहित्यकार रेखा कौसल रेग्मी, साहित्यकार गणनाथ पौडेल लगायतले नाटक अबलोकन गरेका थिए ।
पाठ्यक्रममा सम्मिलित नाटकलाई स्वयम् विद्यार्थीले अभिनय गरेर प्रस्तुत गर्दा बुझ्न सजिलो भएको र आफु यसबाट ज्यादै प्रभाबित भएको कलेजका संयोजक केशब राज पौडेलले बताउनु भयो । त्यसै गरि वेस्ट पोइन्ट एजुकेशन फाउन्डेशनका अध्यक्ष शिबकुमार श्रेष्ठले नाटक लाई अझै व्यापक रुपमा जिल्लाका बरिस्ठ व्यक्ति र साहित्यकारको उपस्थितिमा पुनः प्रदर्शन गर्नु पर्ने बताउनु भयो । त्यसैगरी प्राध्यापक बिजय कुमार पौडेलले आफुलाई विद्यार्थीको अभिनयले निकै भाबुक बनाएको बताउनु भयो ।
दिलबहादुर रामदामद्धारा निर्देशित नाटकमा कक्षा १२ का बिधान सुबेदी, सनम रेग्मी, दिल बहादुर रामदाम, प्रबेश मगर, राजिब कार्की , सम्भु राइ, महेस बिस्वकर्मा, र चिरंजिवि आचार्यले अभिनय गरेका थिए । त्यसै गरि सृंगार सहयोगी कक्षा १२ कि एन्जिला शेरचन र ध्वनी सम्पदान तथा प्रकाश ब्यबस्थापन र प्राबिधिक सहयोग शिक्षक कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।
पर्दछ