ताजा समाचार:
Search

यस्तो छ म्याग्दीमा स्थानीय तह कार्यान्वयनको तयारी

सन्तोष गौतम/विकल्प न्यूज
फागुन २७ गते ।
सरकारले शुक्रबार घोषणा गरेको नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनका लागि म्याग्दीमा तयारी थालीएको छ ।

म्याग्दीमा कायम भएको एक नगरपालिका र पाँच गाउँपालिकाको प्रशासनीक संरचना अनुसार प्रशासनिक काम सुरु गर्ने तयारी भएको हो । मन्त्रालयको निर्देशन र कार्यबिधी अनुसार स्थानीय तहको कार्यान्वयनका लागि आन्तरिक तयारी सुरु गरेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो ।myagdi-kartik-19-final-proposal-copyकर्मचारीको व्यवस्थापन, कार्यालय स्थापना लगायतका विषयमा साविकको जिविसका अधिकृत र शाखा प्रमुखहरुसंग शुक्रबारनै छलफल भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल र सरोकारवालाहरुसंग शनिबार छलफल गरेर स्थानीय तह कार्यान्वयनमा लैजाने स्थानीय विकास अधिकारी गिरीले बताउनुभयो ।

स्थानीय तहको कार्यान्वयनसंगै साविकको जिविस जिल्ला समन्वय ईकाईमा परिणत भएको छ भने गाविसहरु बिघटन भएका छन् । साबिकको पात्लेखेत र भकिम्ली गाविस समावेश भएपछि ७६.५७ वर्गकिलोमिटर क्षेत्रफल र ३३ हजार ४९८ जनसंख्याको बसोबास रहेको बेनी नगरपालीकामा अब १० वटा हुनेछन् ।

साविकको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसलाई समेटेको अन्नपूर्ण गाउँपालीको केन्द्र घार गाविस कार्यालयमा रहने भएको छ । १३ हजार ३१५ जनसंख्या र ५५६.४१ वर्गकिलोमिटर क्षेत्रफल भएको अन्नपूर्णमा समावेश भएका साविकको गाविसमा एकएक वटा वडा हुनेछन् ।

ताकम, गुर्जा, मुना, मुदी, मराङ र मल्कवाङलाई समेटको एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको धौलागिरी गाउँपालीकाको अस्थाई केन्द्र मुना हुने भएको छ । १४ हजार १०४ जनसंख्या र एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफल भएको धौलागिरीमा ७ वटा वडा कायम भएका छन् ।

बेगखोला, भगवती, पिप्ले, दग्नाम, चिमखोला, कुइनेमंगले, पाखापानी र झिँलाई समावेश गरिएको रघुगंगा गाउँपालीकाको केन्द्र अस्थाई केन्द्र पाखापानी रहने भएको छ । ३८९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको १५ हजार ७५३ जनसंख्याको बसोबास रहेको रघुगंगामा आठ वटा वडा कायम भएको छ ।

धौलागिरी र रघुगंगा गाउँपालीकाको केन्द्रको विषयमा विबाद देखिएको थियो । जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरीको ताकम वा मुना र रघुगंगाको पाखापानी वा मौवाफाँट मा केन्द्र कायम गर्न सिफारीस गरेपछि स्थानीयबासी आन्दोलनमा समेत उत्रिएका थिए ।

बरंजा, अर्मन, कुहुँ बावियाचौर गाविस र दरवाङको दुखु गाउँलाई समाबेश गरीएको मंगला गाउँपालीकाको केन्द्र बाबियाचौर रहने भएको छ । दुखु र कुहुँको हिदीलाई बाबियाचौरसंगैको वडामा गाभिएको छ भने बरंजामा २ वटा वडा हुने भएका छन् ।

साविक बरंजा गाविसको १ देखि ६ नम्बरको एउटा र ७ देखि ९ नम्बरको अर्को वडा कायम भएका हुन । १६ हजार २८६ जनसंख्या रहेको मंगला गाउँपालीकाको क्षेत्रफल ८९ वर्गकिलोमिटर र वडा संख्या पाँच वटा रहेको छ । दरवाङ बजारमा केन्द्र तोकिएको दरवाङ, रुम, ओखरबोट, देविस्थान, बिम र निस्कोट समावेश भएको मालीका गाउँपालीका ७ वटा वडामा बिभाजन भएको छ ।

साविक रुम गाविसको १ देखि ६ नम्बर लाई एउटा र ७ देखि ९ नम्बरलाई अर्को वडा कायम भएको छ । ३८९ वर्गकिलोमिटर क्षेत्रफल भएको मालीका गाउँपालीकामा १९ हजार ४५८ जनसंख्याको बसोबास छ ।