मोनाकतारको आठौ साधारणसभा सम्पन्न ः अध्यक्षमा पौडेल

तिलु शर्मा पौडेल/विकल्प न्यूज
कतार,फागुन २८ गते ।
“प्रवासीम्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि”भन्ने मूलनाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दीप्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समितिकतार (मोनाकतार)को आठौ साधारणसभा भव्य रुपमा सम्पन्नभएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थितभूइया रेस्टुरेन्ट (नेपालीआगन)को सभाहलमा सम्पन्न भएको हो ।17269848_10155116117708599_1408399944_o मोनाकतारका अध्यक्ष किरण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रम मामोना आइ.ई.सि.का क्षेत्रीय सचिव रेशमशाही प्रमुखअतिथि रहनु भएको थियो । विधिवत रुपमा दिपप्रज्वलन सहित उद्घाटन गरिएको कार्यक्रममा व्यानर अनावरण, राष्ट्रिय गान तथा बिर सहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । सस्थाका उपाध्यक्ष बालकृष्ण आचार्यले उपस्तिथि सबैलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
एनआरएनएएनसिसि कतारका कोषाध्यक्ष भेषराज पराजुली, मोनाकतारका सस्थापक अध्यक्ष प्रेम रसाइली, सरक्षक बिक्रम कार्की प्रमुख सल्लाहकार नन्दप्रशाद गर्बुजा, बसन्त फिल्मस प्रा.लि. काठमाण्डौ(कतारका प्रबन्धनिर्देशक तथा युवा समाजसेवी इश्वर काफ्ले, समाजसेवी के.बि. हमाल, समाजसेवी तथा व्यवसायी माया के.सि. विशेष अतिथि रहनु भएको थियो ।17229980_10155116117638599_18888875_oत्यस्तै मोनाकतारले २७ मई २०१६ मा सम्पन्न गरेको विविध सास्कृतिक कार्यक्रममा मुख्यप्रायोजक को रुपमा रहेको बसन्त फिल्मस् प्रा.लि. काठमाण्डौ–कतारका व्यवस्थापक शरद कुमार पाण्डे, विशेष सहयोगी सस्थाको रुपमा रहेका पाल्पाली सेवा समाजकतारका तर्फदेखि सचिवदुर्गा अधिकारी, कास्की आदर्श सेवा समाजका अध्यक्ष मनप्रसाद राना, पर्वत युवा सेवा समाजका अध्यक्ष दिपेन्द्र जंग लामिछाने, बागलुंग सेवा समाजका अध्यक्ष चन्द्रकान्त शर्मा, दग्नाम बैदेशिक सञ्चार युनिटका बिनोद शेरपुन्जा, घार खिबाङ् म्याग्देली समाजका प्रतिनिधी थामकुमार गिरि विशेष अतिथिमा रहनु भएको थियो ।
त्यसैगरी अथितिहरुमा सु.सेवा समाजका अध्यक्ष अमृत शाही, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, अर्घाखाँची सेवा समाजकाअध्यक्ष ठाकुर कुमार परियार, नेपालीज नसम्पर्क समितिकतारका सभापति केशब भुसाल, ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष श्रीराम मल्ल, लमजुङ सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ, तेह्रथुम सेवा समाजका उपाध्यक्ष रमेश भारती, नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारका अध्यक्ष रमेश दर्नाल, विस्वकर्मा समाजका सदस्य बि.एम. सुनार, गोर्खा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, खोटाङ सेवा समाजका महासचिब रुद्र शर्मा, ओखलढुंगा सेवा समाजका अशोक तामाङ्, दाङ देउखुरी सेवा समाजका उपाध्यक्ष हेम बस्नेत, तनहुँ सेवा समाजका महासचिब बलराम गैह्रे, खस क्षेत्री सेवा समाजका महासचिव रामजीखत्री, नवोदित साहित्यिक वाचनालयका प्रथमउपाध्यक्ष लेख कार्की, अन्तराष्ट्रिय साहित्य समाजका कोषाध्यक्ष मणि पौडेल, रोल्पा जलजला सेवा समाजका अध्यक्षब सन्तथापा, काभ्रे सम्पर्क समितिका सचिव राजेन्द्र कुमार सापकोटा, संखुवासभा समाजका वरिष्ठ उपाध्यक्ष खगेन्द्र कार्की, एभरेस्ट नेपाल युथ एसोसियसनका प्रथम उपाध्यक्ष नरेन खड्का लगायत अतिथि रहनु भएको थियो ।

राजधानी अन्तराष्ट्रिय साप्ताहिकका पत्रकार दिलकुमार श्रेष्ठ, साझा नेटवर्क डटकमका बजार व्यस्थापक केशब कंडेलले अतिथि पत्रकारको आशन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा मोनाकतारका केन्द्रीय सदस्य राजेन्द्र भण्डारीको म्याग्दी मोना सिरै मा नामक गीतिएल्बमको बिमोचन पनि गरिएको थियो भने मोनाकतारका उपाध्यक्ष बालकृष्ण आचार्य कतार बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएको अबसरमा बिदाइ तथा सम्मान पनि गरिएको थियो । संस्थाका महासचिव तिलु शर्मा पौडेलले सस्थाको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधि तथा विशेष अतिथिहरुले शुभकामना मन्तव्य राख्दै म्याग्दी जिल्ला एक पर्यटकीय जिल्ला रहेको र त्यसको प्रवर्धन तथा थप प्रचार प्रसार गर्न अनुरोध गर्दै मोनाकतारको उच्चप्रशंशा सहित आठौ साधारणसभाबाट बन्ने नया कार्यसमिति लाई सफलताको सुभकामना पनि व्यक्त गरेकाथिए । कार्यक्रममा आफनो मन्तव्य राख्ने क्रममा सस्थापक अध्यक्ष रसाइलीले यो एउटा चौतारी हो र यसको सुरुवात सिमित व्यक्तिबिचबाट गरिएको भए पनि अहिले मोनाकतार अन्तराष्ट्रिय रुपमा फैलिएको हुदा हामी कतारमा मात्र सिमित नरहेको हुदाहामीले गर्ने हरेक कार्यमा संवेदनशिल बन्न आग्रहगर्नु भयो ।

मोनाकतारले २७ मई २०१६ मा आयोजना गरेको विविध सास्कृतिक कार्यक्रममा योगदान पुराउने व्यक्ति, कार्यक्रमको मुख्य प्रायोजक, प्रायोजक, स्थानीयकलाकार, साथै मोनाकतारका खेलाडीहरु, अफिसियल मिडियाहरु राजधानी साप्ताहिक कतार, कान्तिपुर साप्ताहिक (हालकतारमा बन्द रहेको छ) बेनीअनलाइन डटकम, म्याग्दीअनलाइन डटकम तथा साझा नेटवर्क डटकमलाई सम्मान गरेको छ । यसका साथै मोनाकतारका भुतपुर्व अध्यक्षहरु प्रेम रसाइली २००३(१२, बिक्रम कार्की २०१२(१३, नन्द प्रसादगर्बुजा २०१३(१४ र रेशम साही २०१४(१५ लाइ आजिवन सदस्यता पत्रप्रदान गरिएको थियो ।
ईस्वी संवत २००३ देखि २०१७ सम्मका सम्पूर्ण गतिविधिहरु तस्वीरहरु लगायत विभिन्न विषय समेटेर तयार पारिएको मोनाकतारको म्याग्दीदर्पण नामक पुस्तक पनि विमोचन गरियो । उक्त पुस्तकको बारेमा बोल्दै सयोजक बिक्रम कार्कीले मोनाकतारका गतिविधि मात्रन भई सारा म्याग्दी तथा विभिन्न जिल्लाका व्यक्तित्वहरुको लेख समावेश गरिएको जानकारी दिदै यस पुस्तक प्रकाशनमा विज्ञापन, लेख आलेख सबै उपलब्ध गराउने तथा प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पुराउने सबैलाई हार्दिक कृतज्ञता प्रकट गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथिशाहीले हामीले सस्थामा कसरी बस्ने कसरी कार्य गर्ने के गर्दा सस्थातिव्र गतिमा दौडिन सक्छ भन्ने तर्फ ध्यानदिन आग्रहगर्दै अब बन्ने कार्यसमितिले बिगतभन्दाअझै पृथक तरिकाले संस्थालाइ अगाडि बढाउन विभिन्न राष्ट्रिय सांस्कृतिक कार्यक्रम, जनाचेतनामूल कक्रियाकलाप तथा कÞतार सरकारको अधिनमा रही विभिन्न सामाजिक गतिविधिहरू संचालन गरी मोनाकÞतारलाई नमूना संस्थाको रुपमा चिनाऊन विभिन्न कार्य सम्पादन गर्दै सस्थालाइ उचाइमा पूर्याउनु हुनेछ भन्ने विश्वास व्यक्तगर्दै मोनाअन्तर्रा्ष्ट्रिय कार्यकारी समितिले थालेको ई लाइब्रेरी, मोनाइन्भेस्टमेन्ट र म्याग्दी जिल्लामा फ्रीवाइपÞmाइको प्रोजेक्टलाई सघाउ पुराउन मोनाकतार अग्रसर बनोस भनि आग्रह तथा शुभकामना व्यक्तगर्नुभयो ।

साथै आफुले यस सस्थालाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्तगर्नुभयो । महासचिव तिलु शर्माले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापाति किरण शाहीले आफ्नो छोटो कार्यकाललाई सफल रुपमा अवतरण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यत्त mगर्नुभयो । साथै २०१५(१७को कार्यकारी समिति भंग गरि नयाकार्यकारी समितिचुन्ने बाटो पनि खोलिदिए संगै कार्यक्रम बन्द सत्रमाप्रवेश गरेको थियो ।

बन्द सत्रमा २०१५(१७कार्यकालमा ८५ हजार ६ सय ५७ रियाल बराबरको आम्दानि७३ हजार १७ रियाल खर्च भै सस्थामा १२ हजार ६ सय ४० रियाल बचत रहेको र त्यस मध्ये मोनाकतारको आकस्मिक कोषमा ५ हजार २ सय १८ रियाल जम्मा भएको जानकारी दिदै ७हजार ४ सय २२ रियालमुख्यधन सस्थामा रहेको आयव्यय विवरण प्रस्तुतगर्नुभयो । बन्द सत्रबाट तत्काल सहसचिवहुदै महासचिव समेत भईसक्नु भएका र २०१५(१७कार्यकालमा सल्लाहकार पदमा रहनु भएका रमेश पौडेलको नेतृत्वमा सर्वसहमतिमा १७ सदस्सीय नयाँकार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिनिमनुसार रहेको छ, अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, प्रथम उपाध्यक्ष चित्रबहादुर चोखाल, दित्तीय उपाध्यक्ष मिनबहादुर कार्की, महासचिव राजु पौडेल, सचिवतारा क्षेत्री, सचिव राजेन्द्र भण्डारी, कोषाध्यक्ष रमेश कुमार शर्मा, सह(कोषाध्यक्ष मिनबहादुर नेपाली रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा सपनापुन, देबिन्द्र गर्बुजा, बिनोद शेरपुर्जा, रामबहादुर घर्तिमगर, थमकुमार गिरि, रेशम परियार, भुमिस्वर सापकोटा रहनु भएको छ भने ५ जना केन्द्रीय सदस्यकार्य समितिले मनोनित गर्न सक्ने ब्यबस्थाअनुसार म्याग्दी राखु भगवती ०९ का बाबुराम भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ । बाकि मनोनितहुने ४ जना सदस्यहरु बिभिन्न गाउ पालिकाबाट एक जनाका दरले नियुक्ति गरिने बताइएको छ ।