ताजा समाचार:
Search

म्याग्दीमा चैत ५ देखि ७ गते सम्म हात्तिपाईलेको औषधि खुवाउने

विकल्प न्यूज/बेनी
फागुन २७ गते ।

जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीले चैत ५,६ र ७ गते हात्तिपाईले रोग निवारण का लागि औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । हात्तिपाईले रोग लाग्नबाट बचाउन औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो ।

म्याग्दीका एक लाख चार हजार दुइसय जनालाई अबेण्डाजोल, डिईसी चक्की औषधि खुवाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार बेनीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । दुई बर्ष मुनीका बालबालीका, गर्भवती र सिकीस्त बिरामीलाई भने औषधि खुवाईने छैन् ।17201226_1336509423079474_8203381248797453751_nजिल्लाभर घरदैलो अभियान सञ्चालन गरेर आठौ चरणको औषधि खुवाउन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले जानकारी दिनुभयो । क्युलेक्स लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगका कारण हाईड्रोशिल हुने, हात, खुट्टा, यौनाङ्ग, महिलाको स्तन सुन्नीने र जिवनको अन्त्य हुने गर्छ ।

रोगबाट बच्न औषधिको सेवन गर्नुपर्ने जिल्ला अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो । यसपटक फरक तरिकाले औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । यसपटक कसैलाई पनि कागजमा पोका पारेर औषधि नदिने र मुखमै हालिदिने डाक्टर न्यौपानेले बताउनुभयो ।
अभियानलाई प्रभावकारी बनाउन सवै किसिमको तयारी गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार म्याग्दीको कुल जनसंख्या मध्य २.३३ प्रतिशत अथवा एक हजार चार सय जना हात्तिपाइले रोगको जोखिममा छन् । सातौ चरणसम्म हात्तिपाईलेको जोखिमलाई एक प्रतिशतमा झार्ने लक्ष्य पुरा नभएपछि आठौ चरणमा अभियान सञ्चालन गर्न लागिएको हो । गत वर्ष लक्षित समुदायको ८४ प्रतिशत े हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका थिए ।

अभियानको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा म्याग्दीमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई सामुहिक औषधि पनि खुवाइएको थियो । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक निरिक्षक आचार्यको सञ्चालन र तथ्याङक सहायक वसन्त पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले अभियानलाई सफल पार्न सवै पत्रकार र संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।