समाचार
बेनीमा शान्ति पार्क निर्माणको तयारी
विकल्प न्यूज /बेनी कात्तिक १९ गते । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान/पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा बनाउने तयारी गरेको पार्कमा प्रदेश सरकार र प्रवासीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर […]
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगीत
विकल्प न्यूज/बेनी कात्तिक १८ गते । शुक्रबार बेलुका गएको भूकम्पका कारण नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन रोकिएको छ । पार्टी केन्द्रले भूकम्पका कारण तिहार अघि कुनै पनि औपचारिक कार्यक्रमहरुको आयोजना नगर्न परिपत्र गरेसँगै आइतबार हुने जिल्ला सम्मेलन रोकिएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ठूलो जनधनको क्षति भएपछि अर्को […]
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु
विकल्प न्यूज कात्तिक १८ गते । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । […]
भूकम्पमा परेर नलगाढकी उपप्रमुख सिंहको मृत्यु
जाजरकेाट, कात्तिक १८ गते । गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनुभएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्याे ।
भूकम्प अपडेट : भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु
१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति […]
सुन्दर र रमणीय छ जोमसोम–तिलिचो ट्रेक
ठाकुरप्रसाद आचार्य /बेनी कात्तिक १७ गते । मुस्ताङको जोमसोम हुँदै मनाङको तिलिचो ताल पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । दशैं लगत्तै मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु तिलिचो पुग्न थालेका छन् । जोमसोम–तिलिचो ट्रेक सुन्दर र रणमीय छ । जोमसोम–तिलिचो पदमार्ग हुँदै दुईदिनमै तिलिचो पुग्न सकिने भएकाले यतिखेर यो पदमार्गमा पर्यटकको चहलपहल बढेको हो । […]
घारखोलामा पुल निर्माणपछि पाउद्धारका दुई सय परिवारमा खुसीयाली
विकल्प न्यूज/बेनी कात्तिक १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए […]
भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा
गलेश्वर (म्याग्दी), कात्तिक १६ गते । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा […]
स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटन प्रवद्र्धन कार्यक्रम
म्याग्दी, १६ कात्तिक । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए । महासंघ म्याग्दी शाखाले स्थानीय सरोकारवाला […]
गण्डकीलाई लामखुट्टे रहित प्रदेश बनाइने
विकल्प न्यूज/पोखरा कात्तिक १५ गते । गण्डकीलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् । जसका लागि स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । यसैका लागि मंगलबार र बुधबार पोखरामा प्रदेशस्तरीय कार्यशाला पनि भएको […]
भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य / बेनी कात्तिक १५ गते । आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट […]
अन्नपूर्ण आधार शिविर पुगेर पोखरा फर्किए गुटेरेस
विकल्प न्यूज/पोखरा कात्तिक १४ गते । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेर जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबारको रात पोखराको फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् । सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए भने पोखरा-२२ […]
हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् । नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश […]
असोजमा ५६ हजार युवा बिदेसिए
काठमाडौँ । कात्तिक १३ गते । दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार दुई सय ३५ जना […]
बाँदुकमा झाडी फाँडेर सामूहिक सुन्तला खेती
विकल्प न्यूज/बेनी कात्तिक १२ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा […]