समाचार

एक हप्ता देखि वेपत्ता धाईरिङकी शान्ति काठमाण्डौमा फेला परीन

विकल्प न्यूज/ बेनी साउन ७ गते । एक हप्तादेखि वेपत्ता शान्ति दर्जी काठमाण्डौमा फेला परेकी छिन् । काठमाण्डौ प्रहरीले फेला पारेर वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन । काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले फेला पारी उनलई भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्र (१०४) राखिएको थियो । केन्द्रले शनिवार विहान शान्तिलाई श्रीमान् सन्ते दर्जीको […]

गायिका ईन्दुको “सबै गुमाएर बरु” सार्वजनिक

विकल्प न्यूज/बेनी साउन ४ गते । गायिका ईन्दु वानियाँको सुमधुर आवाजमा रहेको सबै गुमाएर बरु बोलको अडियो सार्वजनिक भएको छ । रेखा कौशल रेग्मीको शब्द रचनामा रहेको गीतमा इन्द्र जीसीको संगित संयोजन रहको छ ।

मालिका धुरीमा भ्यू टावर बन्ने

विकल्प न्यूज/ मालिका साउन ४ गते । म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थल मालिका मन्दिरमा भ्यू टावर बन्ने भएको छ । मालिका गाउँसभाले निति तथा बजेटमा भ्यू टावरको प्रस्ताव पारित भएको हो । गाउँपालिकाले बिम र दरबाङका साथै छिमेकी रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित आर्कषक पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा चिनिएको मन्दिर आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी भ्यू […]

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, […]

पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी शान्ति काठमाण्डौमा वेपत्ता

विकल्प न्यूज/जलजला साउन ४ गते । विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्क विहिन भएकी हुन् । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा भएकी शान्ति ठाउँ पत्ता लगाउन […]

मिलनचोकमा जलजला गाउँपालिकाको सेवाकेन्द्र

कल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीसँग सिमाना जोडिएको उत्तरी पर्वत जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत सेवाकेन्द्रको उद्घाटन भएको छ । बुधबार जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल र कार्यकारी अधिकृत सीता पोखरेलले संयुक्तरुपमा उद्घाटन गरी सेवाकेन्द्र सञ्चालन गरिएको हो । सेवाकेन्द्रको उद्घाटन गर्दै अध्यक्ष मल्लले निर्वाचित जनप्रतिनिधि सबैको सहभागितामा गाउँपालिकाको केन्द्र र […]

जन्मदिनमा शान्ति कोष र बिरामीलाई सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मृगौला रोगी टिकाकुमारी शर्माको उपचारका लागि सहयोग गरेका छन् । मंगला गाउँपालीका २ का नेत्रराज सुवेदीले कोषको डेढ करोडको अक्षयकोष स्थापनाको लागि सञ्चालन गरिएको अभियानमा पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको हो । साथै […]

म्याग्दीका स्थानीय तहमा एक अर्ब ६७ करोड विनियोजन

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ का लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन भएको छ । अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहिलो पटक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिका र पाँच वटा गाउँपालिकाले कुल एक अर्ब ६७ करोड ३५ लाख ५८ […]

नहर भत्किँदा लघुजलविद्युत परियोजना बन्द

म्याग्दी, साउन ३ । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । परियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष […]

बेनीमा वौद्ध कप फुटबल प्रतियोगिताको तयारी तिव्र

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनीमा आगामी असोज पहिलो हप्ता तेस्रो वौद्ध कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लबले असोज १ देखि ५ गतेसम्म बिजयादशमी पर्वको अवसर पारेर धौलागिरी क्षेत्रमै सर्बाधीक पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी, मेडल र […]

बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

विकल्प न्यूज/बेनी साउन ३ गते । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी […]

धौलागिरी माविमा ११ कक्षाको पठनपाठन सञ्चालनको तयारी

विकल्प न्यूज/बेनी साउन ३ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको धौलागिरी माविले कक्षा ११ को पठनपाठन सञ्चालनको तयारी गरेको छ । कक्षा दश सम्मको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालले चालु शैक्षिक सत्र २०७४ देखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने अनुमती पाएको हो । सम्बन्धित निकायबाट सम्बन्धन लिएर शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन […]

म्याग्दीका द्वन्द्वपीडितलाई साढे चार करोड राहत वितरण

विकल्प न्यूज/बेनी श्रावण २ गते । म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो ।यसअघि विभिन्न चरणमा रु पाँच […]

पर्वतको जलजला गाउँपालिकाले ल्यायो ३६ करोडको बजेट

विकल्प न्यूज/जलजला असार ३१ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले शुक्रवार गाउँसभामा आर्थिक वर्ष २०७४/०७५ का लागि नीति,कार्यक्रम,योजना र बजेट प्रस्तुत गरेको छ । गाउँसभामा उपाध्यक्ष सिमा गर्बुजाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ३६ करोड १४ लाख ९३ हजार रुपियाँ बरावरको बजेट सार्वजनिक गर्नुभएको हो ।चालु खर्च तर्फ सामाजिक सुरक्षा भत्ताको रकम र सर्सत […]

मतदाता नामावलीमा नाम छुटेको छ ! दर्ताको फेरी आयो अवसर

विकल्प न्यूज/बेनी असार ३१ गते । फोटो सहितको नामावलीमा कसैको नाम छुटेको छ भने निर्वाचन आयोगले फेरी नाम दर्ताको अवसर ल्याएको छ । आयोगले फोटो सहितको नामावली संकलन सुरु गरेको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । […]