धौलागिरी माविमा ११ कक्षाको पठनपाठन सञ्चालनको तयारी

विकल्प न्यूज/बेनी
साउन ३ गते ।
बेनी नगरपालिका ४ सिंगामा रहेको धौलागिरी माविले कक्षा ११ को पठनपाठन सञ्चालनको तयारी गरेको छ ।

कक्षा दश सम्मको पठनपाठन सञ्चालन गर्दै आएको विद्यालले चालु शैक्षिक सत्र २०७४ देखि कक्षा ११ को पठनपाठन सञ्चालन गर्ने अनुमती पाएको हो । dhaulagiri school सम्बन्धित निकायबाट सम्बन्धन लिएर शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्न लागीएको विद्यालयले जनाएको छ । धौलागिरी माविमा कक्षा ११ को पठनपाठन सञ्चालन भएपछि सिंगा, तातोपानी, डाँडाखेत, बास्कुना, भकीम्ली, सुर्केमेला, तातोपानीका विद्यार्थीहरु लाभान्वित हुने भएका छन् ।

यसैबीच उच्च मावि सञ्चालनका लागि सिंगा ठूलोखोला र स्वाँताका बासिन्दाले पचास हजार रुपैया सहयोग गरेका छन् । ठूलोखोला झोलुङ्गे पुल निर्माणका क्रममा ज्याला वापत प्राप्त भएको रकम बचाएर विद्यालयलाई सहयोग गरेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष नरबहादुर रोका र सचिव हिरा कुँवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान)लाई रकम हस्तान्तरण गर्नुभएको शिक्षक डण्डपानी सापकोटाले जानकारी दिनुभयो ।