विकल्प न्यूज/बेनी
असार ३१ गते । फोटो सहितको नामावलीमा कसैको नाम छुटेको छ भने निर्वाचन आयोगले फेरी नाम दर्ताको अवसर ल्याएको छ ।
आयोगले फोटो सहितको नामावली संकलन सुरु गरेको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ ।
१८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सुनिश्चित गराउन निर्वाचन कार्यालयबाट मतदाता नामावली सुरु गरेको हो । उक्त समयमा नामावलीमा नाम दर्ता भएका तर त्रुटी भएका मतदाता सच्याउने, मतदाता नामावलीमा दर्ता भएको तर बसाइसराई, विवाह जस्ता कारणबाट अर्को स्थानमा सार्न चाहने मतदातलाई यो अवधिमा सेवाप्रवाह गरिने निर्वाचन अधिकृत केदारनाथ पौडेलेले कार्यक्रममा जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मतअधिकारलाई सुनिश्चित गर्न छुटेका नेपाली नागरिकहरुले जिल्ला निर्वाचन कार्यालयमा आएर फोटो सहितको नामावली दर्ता गराउन आग्रह गर्दै राजनीतिक दल, पत्रकार तथा सरोकारलाई महत्वपुर्ण भुमिका प्रवाह गर्नमा जोड दिनुभएको थियो ।
फोटोसहितको नामावली संकलनमा जिल्ला राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा पत्रकारको उपस्थितमा भएको कार्यक्रमको संचालन जिल्ला निवार्चन कार्यालयका बलहादुर खत्रीले गर्नुभएको थियो ।