जन्मदिनमा शान्ति कोष र बिरामीलाई सहयोग

विकल्प न्यूज/बेनी
साउन ४ गते ।
म्याग्दीका एक युवाले जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोष र मृगौला रोगी टिकाकुमारी शर्माको उपचारका लागि सहयोग गरेका छन् । 20187466_1618102731547290_9156707_oमंगला गाउँपालीका २ का नेत्रराज सुवेदीले कोषको डेढ करोडको अक्षयकोष स्थापनाको लागि सञ्चालन गरिएको अभियानमा पाँच हजार ५५५ रुपैया सहयोग गरेर आजिवन सदस्यता लिनुभएको हो । साथै उहाँले कोषद्धारा मंगला २ की मृगौलारोगी टिकाकुमारी शर्माको उपचारका लागि सञ्चालन गरेको अभियानमा तिन हजार ३३३ रुपैया सहयोग गर्नुभएको छ ।
बेनीको लोकदिप सहकारीका प्रबन्धक रहेका सुवेदीले फजुल खर्च गरेर जन्मदिन मनाउनुको विकल्पमा शान्ति कोष र बिरामीको उपचारका लागि सहयोग गरेको बताउनुभयो ।

कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र सचिव लोकेश पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जटिल रोगबाट थलिएर गरिबी र आर्थिक अभावका कारण उपचारका लागि समस्यामा परेका म्याग्देलीलाई सघाउने उद्देश्यले स्थापित कोषमा हालसम्म पाँच सय जनाले आजिवन सदस्यता लिएका छन् ।
दुई लाख रुपैया सहयोग गरेर १८ जनाले संरक्षक, तिन लाख बढी सहयोग गरेर मोना कतार र बहराईनले संरक्षक सदस्यता लिएका छन् । कोषले मुटु, मृगौला, रत्तक्यान्सर लगायत रोगबाट थलिएका ३५ जनाको उपचारमा सघाउन अभियान सञ्चालन गरेको छ ।