समाचार

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

२३ मङ्सिर, तिल्केनीचौर (म्याग्दी) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै उनले आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा […]

अबको दुई वर्षपछि नेपालले बिजुली आयात गर्दैन ः मन्त्री बस्नेत

विकल्प न्यूज/बेनी मंसिर २३ गते । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाउनुभएको हो । “सरकारको प्रयासले देशको […]

बेनी नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

प्रताप बानियाँ /विकल्प न्यूज मंसिर २३ गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो । बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल […]

मुस्ताङमा भित्रियो स्याउबाट ४९ करोड

विकल्प न्यूज/बेनी मंसिर २२ गते । मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ ।  स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले […]

ताकममा वडा कार्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी मंसिर २२ गते । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण भएसँगै वडाबाट प्रवाह हुने सेवा आफ्नै भवनबाट सुरु गरिएको छ । यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका […]

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।  माउन्ट एभरेष्ट आवासीय मावि र न्यु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् । साविक बिजेता शारदा माविलाई शूून्यका विरुद्ध दुुई गोल गर्दै न्यु वेष्ट पोइन्ट र म्याग्दी एकेडेमीलाई शुन्यका विरुद्ध एक गोल गर्दै माउन्ट एभरेष्ट आवासीय मावि […]

थकाली सेवा समितिको अध्यक्षमा दुर्गा गौचन

विकल्प न्यूज/सिड्नी मंसिर २२ गते ।  थकाली सेवा समितिको यहि डिसेम्बर ३ तारिख आइतबार सम्पन्न साधारण सभाले  दुर्गा गौचनलाई सर्बसम्मत पुन अध्यक्षमा चयन गरेको छ । सिड्नीको रक्डेल स्थित  एभरेष्ट तंदूरी फंशन सेन्टरमा सम्पन्न सुक्त नबौ साधारण सभाले सस्थाको उपाध्यक्ष द्वयमा  भरत शेरचन र ओम गौचनलाई चयन गरेको छ ।  त्यसैगरी  सचिवमा सुबास गौचन ,कोषाध्यक्षमा  सुरेश […]

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी,  मङ्सिर २२ गते ।  केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । […]

आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी मंसिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् । […]

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै

 मङ्सिर २१ गते ।  २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ । बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो । भिडन्तका […]

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी, मङ्सिर २१ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल ।   म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा पर्ने उक्त पुल विसं २०६४ अघिसम्म […]

कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग

विकल्प न्युज / बेनी २० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार घरमै […]

अन्नपूर्णले थालेको सवारी साधन दर्तालाई सिडिओको अवरोध

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारी साधन सूचिकृत तथा दर्ता गरी नियमन गर्न खोज्दा जिल्ला प्रशासन कार्यालयले अवरोध सिर्जना गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय सदरमुकाम स्थित केही ठूला व्यावसायीहरुको प्रलोभनमा परेर पालिकाले अगाडी बढाएको सवारी साधन दर्ता प्रक्रियालाई हस्तक्षेप गरेर रोकेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष […]

बेनी–जोमसोम सडक ः राहुघाट–तातोपानी खण्डमा कालोपत्रेको तयारी

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर १९ गते ।   उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत अलपत्र परेको राहुघाट–तातोपानी खण्डको ठेकेदार काममा फर्किएर सडक कालोपत्रेको तयारी थालेको छ । योजनाको पहिलो प्याकेज १९ किलोमिटर दुरीको उक्त खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रे गर्न शर्मा युनाइटेड जेभीसँग २०७४ जेठमा ठेक्का सम्झौता भएको थियो । […]

एमालेको मध्यपहाडी अभियान ः बागलुङको पातिहाल्नेमा गरिने स्वागतको तयारी पूरा

विकल्प न्यूज/बेनी मंसिर १९ गते । नेकपा (एमाले) ले संचालन गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बुधवार देखि गण्डकी प्रदेशमा प्रवेश गर्ने भएको छ । समृद्धिको लागि संकल्प यात्रा–२०८० सञ्चालन गरेको नेकपा एमालेको केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी प्रदेश सहित नेकपा एमालेका नेताहरु बागलुङको पातिहाल्ने डाँडामा पुगेका छन् । अध्यक्ष केपी शर्मा ओली सहित १५० जना […]