माघ २३
जलजला,पर्बत ।
लामो समयसम्म भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेका पर्वतको जलजला गाउँपालिकाले सबै वडामा आफ्नै कार्यालय भवन निर्माण गरेको छ। ९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो। तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा हाल नम्बर ३ को कार्यालय सञ्चालनमा छ।
करिब पाँच करोड रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । ‘पाँच वटा नयाँ भवनबाट सेवा सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो ‘तीन वटा भवन प्रयोगका लागि तयारी अवस्थामा छन्।’
वडा न २ माझफाँट, वडा नम्बर ६ शालिजा, वडा नम्बर ७ धाइरिङ, वडा नम्बर ८ नाग्लीवाङ र वडा नम्बर९ बनौको वडा कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरिसकेका छन्। १ नम्बर वडा बाँसखर्क, ४ नम्बर वडा फट्केढुङ्गा र ५ नम्बर वडा लेकफाँटको भवन निर्माण सम्पन्न भइ वडा कार्यालय सञ्चालनको तयारी भएको छ।
वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माणका लागि २०७९ पुष १२ गते तीन करोड २६ लाख सात हजार ५५१ रुपैयाँमा जयलक्ष्मी–अभिनव जेभी बाग्लुङले ठेक्का लिएको थियो। निर्माण कम्पनीले सबै भवन हस्तान्तरण गरिसकेको गाउँपालिकाका ईञ्जिनियर सुनिल बताउनुभयो ।
भवन निर्माण भएपछी अव सेवा प्रवाहमा सहज अबस्था आउने वडा नं २ का अध्यक्ष प्रकाश बहादुर घर्ती क्षेत्रि ले बताउनुभयो यसैगरी गाउँपालिकाको केन्द्र लामाखेतमा आवास र स्टोर (भण्डारण) भवन निर्माण तीव्रताका साथ अघि बढेको छ।
एक रोपनी जग्गामा २ तले सभाहलसहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रविधिको भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।