समाचार

गोपालनारायण भट्टचनलाई अभिनन्दन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ १० गते । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन गर्दै […]

मालिका गाउँपालिकाद्धारा गाईखर्क ताल संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ ।  म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई बढाउन बाँध बनाइएको गाउँपालिकाका अध्यक्ष […]

देविस्थानमा नेपाली कागज उद्योग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वुद्धीका लागि […]

सिण्डीकेटधारीको जरो उखेल्दै प्रहरी

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । बस रिजर्भ गरेर बेनी देखि मुस्ताङ जादै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाउने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।बेनी देखि जोमसोम तर्फ रिजर्भमा यात्रु लिएर जादै गरेको बसलाई बुधबार बिहान ४.३० बजे रघुगंगा गाउँपालिका ३ को गायत्री मन्दिर अगाडी रोकेर आफ्नो सवारी साधनमा […]

धौलागिरि माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न

सन्दिप शर्मा/म्याग्दी जेठ ९ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले नगरपलिका भित्र […]

गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि पालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी पाईजाको पहलमा पोखरामा […]

नवआगन्तुक प्रनाउ मगरलाई स्वागत

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, जेठ ९ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रनाउ बुढा मगरलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखाका पदाधिकारी, […]

रघुगंगामा मेला जात्रामा कडाई

सन्तोष गौतम/ विकल्प मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड पर्वमा दश […]

अजिंगर भिरमा सडक बनाउन सुरू

सन्तोष गौतम/ विकल्प न्युज दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण सुरु […]

ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने

गोपाल आचार्य/विकल्प न्यूज ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय गरेको हो […]

नकलडाँडा–मँगलेखानी सडकको उद्घाटन

गोपाल छन्त्याल/बेनी जेठ ८ गते ।म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य बस्तु आयात र स्थानीय […]

मल्लाज स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ जेठ । जलजला गाउँपालिका ३ को मल्लाज स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) स्थापना भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा उपकरण खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालामा दिसा, पिसाब, शंकास्पद क्षयरोगीको खकार, रगतमा हेमोगोलोबिनको मात्र, सुगर, टाईफाईड, रक्त समूह पहिचान गर्ने सुबिधा रहेको स्वास्थ्य चौकीका प्रमुख गोरे […]

मुक्तिनाथमा ट्याङकी बन्यो, पानी आएन

गोपाल छन्त्याल/मुक्तिनाथ जेठ ८ गते । पवित्र धार्मिकस्थल मुक्तिनाथ आसपास रानीपौवा र पुराङ गाउँमा एकसय २० घरधुरी वसोवास छ । साना ठुला गरि २० भन्दा बढी त होटल नै सञ्चालित रहेका छन् । तर, पानीको अभावमा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । भारतीय राजदुताबासको सहयोगमा एक करोड ३ लाख रुपैयाँमा खानेपानी आयोजना सुरु भएपनि […]

प्रहरीको नाम बेचेर व्यक्तिगत लाभ लिनेका दिन गए – डिएसपी बुढा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ जेठ । म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले प्रहरीको नाम बेचेर व्यक्तिगत लाभ लिने तत्वसंग सचेत रहेको बताउनुभएको छ । म्याग्दीमा पछिल्लो समय सुरक्षा, सरकारी अधिकारी र राजनितिक नेतृत्वलाई प्रभावमा पारेर प्राकृतिक स्रोत साधनको दोहन, घुसखोरी, लागु औषध ओसारपसार, जुवातास खेलाउने जस्ता अबैध धन्दा मौलाईरहेको गुनासो बढीरहेका बेला जिल्लाको […]

घुस माग्ने र खाने शिक्षाका प्राबिधिक विरुद्ध उजुरी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ जेठ । सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेको हो । धौलागिरी […]