प्रहरीको नाम बेचेर व्यक्तिगत लाभ लिनेका दिन गए – डिएसपी बुढा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ जेठ । IMG_2610म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले प्रहरीको नाम बेचेर व्यक्तिगत लाभ लिने तत्वसंग सचेत रहेको बताउनुभएको छ । म्याग्दीमा पछिल्लो समय सुरक्षा, सरकारी अधिकारी र राजनितिक नेतृत्वलाई प्रभावमा पारेर प्राकृतिक स्रोत साधनको दोहन, घुसखोरी, लागु औषध ओसारपसार, जुवातास खेलाउने जस्ता अबैध धन्दा मौलाईरहेको गुनासो बढीरहेका बेला जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न आएका प्रनाउ बुढाले मंगलबार पत्रकारहरुसंगको भेटघाटमा यस्तो गतिबिधि गर्नेहरुप्रति सचेत रहेको स्पष्ट पार्नुभएको हो ।

शक्तिको आडमा अबैध काम गर्ने जो सुकैलाई नछाड्ने प्रतिवद्धता जनाउँदै प्रनाउ बुढाले शान्ति सुरक्षा, अमनयन कायमन राख्ने, अपराध र विकृती नियन्त्रणमा सबै शक्ती परिचालन गर्ने बताउनुभयो । प्रहरीको नाम बेचेर गलत काम गर्नेहरुको सूची तयार पार्न लागेको बताउँदै उहाँले त्यस्ता गतिबिधि गर्नेहरुको सूचना दिएर सहयोग गर्न जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

लागु औषध दुब्र्यसनी र बिकृति न्युनीकरणका लागि प्रहरीसंग आमा कार्यक्रमलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने प्रनाउ बुढाले बताउनुभयो । पत्रकारहरुले बस्ती बस्तीमा प्रहरीको उपस्थिती बढाएर आम नागरीकले सुरक्षित भएको, न्यायमा सहज पहुँच र पिडितले न्याय पाएको अनुभुती दिलाउन प्रहरी सक्रिय हुनुपर्ने बताएका थिए ।