ताजा समाचार:
Search

समाचार

सेतो गुराँसको नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ १६ सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको शुक्रबार नवौं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । १ हजार तीनसय जनाभन्दा बढी शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड, लगानी आठ करोड, बचत साढे पाँच करोड र कुल कारोबार १० करोड रहेको छ । […]

क्याम्पसमा तीज नृत्य प्रतियोगिता

सन्दीप शर्मा/विकल्प न्यूज म्याग्दी, भदौ १६ गते ।स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा शुक्रबार तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तीजको अवसरमा आयोजित अन्तर विद्यालय तथा कलेजस्तरीय तीज नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम गरिएको हो । कुल १२ ओटा विद्यालय सहभागी भएको प्रतियोगिताबाट न्यु वेष्ट पोईन्ट कलेज प्रथम, म्याग्दी बहुमुखी क्याम्पस […]

दीपशिखा माविका विद्यार्थीले पठाए मृगौला पीडित सुरेशलाई पाँच हजार

विकल्प न्यूज/बेनी भदौ १५ गते । मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि मंगला गाउँपालिका १ कुहुमा रहेको दीपशिखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहयोग रकम पठाएका छन् । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको सहयोगमा संकलन भएको पाँच हजार एकसय पन्ध्र रुपियाँ मृगौला पीडित सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई शुक्रवार हस्तान्तरण गरिएको हो । […]

जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी भदौ १५ गते । बेनीमा व्यवसाय गर्ने एकदम्पत्तिले छोराको जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । मंगला गाउँपालिका ३ बरंजा खर्कमा स्थायी घर भई हाल बेनीमा म्याग्दी मोटर पार्टस सञ्चालन गर्दै आउनुभएका जिवनाथ सापकोटा र उहाँको श्रीमति राधिका सापकोटाले छोरा आशिष सापकोटाको १७ औं जन्मदिनको अवसर पारेर शुक्रबार शान्तिकोषलाई पाँच […]

बुद्ध एकेडेमीमा विद्यालयअभिभावक सम्पर्क समिति गठन

विकल्प न्यूज/बेनी भदौ १५ गते । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार गेमवहादुर घर्तीको अध्यक्षतामा विद्यालय अभिभावक सम्पर्क समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सावित्री शाह,सदस्य सचिवमा नि.प्रधानाध्यापक धु्रबसागर शर्मा र सदस्यहरुमा बमबहादुर पुन,हेमवहादुर पुन,इन्दिरा कार्की,सुशिला सापकोटा,वसन्ती पाइजा रहनुभएको छ ।समितिका अन्य सदस्यहरुमा भूमिसरा घर्ती,यामकुमारी गर्वुजा,सुमन केसी,खिमा तिलिजा र तुलसी […]

जनप्रतिनिधिलाई कर्मचारीको ५ गोल !

विकल्प न्यूज/बेनी भदौ १५ गते ।   जनप्रतिनिधि र कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले २ का विरुद्ध ५ गोल गरेर कर्मचारी मिलनकेन्द्र विजेता बनेको छ । राष्ट्रिय खेलकुद परिषदको ५५ औं स्थापना दिवसका अवसरमा बेनीको खुल्ला मञ्चमा कर्मचारी मिलन केन्द्र र बेनी नगरपालिकाका जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । जिल्ला खेलकुद […]

बेनीमा रोपाई नाच (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ १५ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा शुक्रवार रोपाई नाच देखाइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज    

खोप्रालेक आकर्षक पर्यटकीय गन्तब्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखको पाउँद्धारको टुप्पोमा रहेको पर्यटकीय स्थल खोप्रालेक जिल्लाको उत्तरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटन सिजनमा यहाँ आन्तरिक वाह्यै पर्यटकको निकै चहलपहल देख्नसकिन्छ । सिजन सुरु भएसँगै खोप्राको सुन्दरतामा रमाउन आन्तरिक एवम् वाह्ै पर्यटकहरुको संख्यामा निकै वृद्धि हुन्छ । आँखै अगाडी देखिने […]

पूजाको घरमै पुगेर जन्म दर्ता

विकल्प न्यूज/बेनी भदौ १४ गते ।    बेनी नगरपालिका ६ फोकटेकी पूजा खत्रीको घरमै पुगेर वडा कार्यालयले जन्म दर्ता गरिदिएको छ । वडा अध्यक्ष कृष्ण वहादुर बानियाँ र सचिव चित्रनाथ शर्मा खत्रीको घरमा पुगेर जन्मदार्ता गरिदिएका हुन । पारिवारिक अनमेलका कारण बावा आमाले घर छाडेर हिडेपछि खाने खर्च र लेख्ने कापी कलम नभएपछि कक्षा ६ […]

विपन्न बालबालिकाको शिक्षाका लागि शिखर अर्गनाइजेशनद्धारा सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ । बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो । गरिब,निमुखा बालबालिका […]

भौतिक पूर्वाधारमा कमी

घनश्याम खड्का /बेनी भदौ १४ गते ।  गीतमा बेनीको बजार सुन्दर छ । म्याग्दी र कालीगण्डकी नदीले घेरिएको बजार क्षेत्र तस्बिरमा पनि उत्तिकै सुन्दर छ । नगरपालिकाले भने यहाँ कार्यालय राख्ने उपयुक्त जग्गा पाउन सकेको छैन । बेनी नगरपालिका साबिकका आठवटा गाउँ विकास समिति गाभेर बनेको हो । १० वटा वडा रहेको यो नगरपालिकालाई उपयुक्त पूर्वाधारसहित कार्यालय राख्ने चुनावी […]

रघुगंगा नदीमा मोटरेबल पुल निर्माण सुरु

विकल्प न्यूज/बेनी भदौ १४ गते । बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको गलेश्वरमा पक्की पुल निर्माण सुरु गरिएको छ । रघुगंगा पाउँपालिका ३ र बेनी नगरपालिका ९ गलेश्वर स्थित रघुगंगा नदीमा बेनी जोमसोम कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिन लागेको हो । पुल निर्माणको ठेक्का लिएको कालीका गजुरमुखी जेभीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका […]

दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग

विकल्प न्यूज/बेनी भदौ १४ गते । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । बुधवार अस्पतालमा आयोजित एक कार्यक्रममा सहयोगदाता सुवेदी […]

आरन पेशाबाट राम्रो आम्दानी

ठाकुरप्रसाद आचार्य/विकल्प भदौ १३ गते । धौलागिरि गाउँपालिका २ लुलाङका गोरे विकले पचास वर्ष देखि गाउँमा आरन पेशा गर्दै आउनुभएको छ । आरन पेशाबाट उहाँले दैनिक घरखर्ची चलाउनुका साथै राम्रो आम्दानी पनि गर्नुभएको छ । सुरुमा बालीघरेका रुपमा आरन पेशा गर्दै आउनुभएका विकले अहिले यसलाई व्यवसायिक बनाउनुभएको छ । फलाम, तामा, पित्तललगायतका धातुबाट घरेलु हतियार, […]

मृर्गौला पीडित विश्वकर्मालाई आर्थिक सहयोग

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, भदौ १३ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समितिमार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी विश्वकर्मालाई अभियान समितिले […]