समाचार
बेनीमा योग दिवस मनाइयो
विकल्प न्यूज/बेनी माघ १ गते । जिल्ला समन्वय समिति र नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा मंगलबार बेनीमा बिबिध कार्यक्रम गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । ¥याली सहित बेनी बजार परिक्रमा गरेपछि आयोजित औपचारिक कार्यक्रममा अस्वस्थ खानपान तथा व्यवहारका कारण लाग्ने नसर्ने रोग न्युनीकरणका लागि योगको प्रर्वद्धन गर्नुपर्नेमा जोड दिइएको थियो । म्याग्दीमा पछिल्लो समय योगप्रती […]
घलेम्दीको आईपिओ बाँडफाँड
विकल्प न्यूज/बेनी माघ १ गते । घलेम्दी हाइड्रो लिमिटेड (GHL) को साधारण शेयर (आईपिओ माघ १ गते मंगलबार बाँडफाँड भएको छ। कम्पनीले निष्काशन गरेको आईपिओ कूल सदर आवेदकको ८०.४४ प्रतिशतले ३० कित्ताका दरले प्राप्त गरेका छन् भने १९.५६ प्रतिशतले मात्र २० कित्ता प्राप्त गरेका छन् । आईपिओमा कूल ५४ हजार ७१८ आवेदन परेकोमा २६ आवेदन रद्ध […]
सम्झौता विपरित बगर उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० पुस । बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरबाट सम्झौता विपरितका उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्ने निर्माण कम्पनीलाई जरिवाना गरिएको छ । जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नगरपालिकासँग भएको सम्झौता विपरित ब्याकुहोलोडर उपकरण प्रयोग गरेर ढुङ्गा गिटी […]
श्रीकृष्णगंगाका सदस्यहरुलाई सहकारी शिक्षा
विकल्प न्यूज/बेनी पुस ३० गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको श्रीकृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका आयोजनामा सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सहकारी अभियानकर्मी चन्दीप्रसाद शर्माले सेयर सदस्यहरुलाई सहकारीको महत्व, सिद्धान्त र सेयर सदस्यहरुको भुमिकाका विषयमा सहजिकरण गर्नुभएको प्रबन्धक ओमप्रकाश शर्माले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रामकृष्ण आचार्यको अध्यक्षता, लक्ष्मीप्रसाद […]
जलजलामा सम्पत्ति तथा भूमिकर वापत २४ लाख रुपैयाँ राजस्व संकलन
विकल्प न्यूज/बेनी पुस ३० गते । जलजला गाउँपालिकामा छ महिनाको अवधिमा सम्पति तथा भूमिकर वापत २४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । साउन १ गतेबाट लागू भएको सम्पति तथा भूमिकर वापत पुष मसान्तसम्म तीन हजार ४०४ जनाले २४ लाख १६ हजार ५११ रुपैयाँ राजस्व तिरेका गाउँपालिकाको नायव सुब्बा भेषनाथ आचार्यले जानकारी दिनुभयो […]
उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ः मन्त्री पुन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, पुस ३० गते । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएकी छिन् । ‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित सोमबारदेखि म्याग्दीको बेनीमा सुरु भएको माघेसङ्क्रान्ति मेला–२०७५ को उद्घाटन गर्दै उनले राज्यले उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने बताएकी हुन् । उनले आवश्यकताको आधारमा तालिम […]
तस्विरमा हेर्नुहोस बेनीको माघेसंक्रान्ति मेला (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस ३० गते । सोमबार देखि बेनीमा माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । महिला उद्यमीहरुको नेतृत्वमा बेनीको कालिपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी पुस ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको […]
मिस्त्रीखोला जलविद्युत आयोजनाको जथाभावी
विकल्प न्यूज/बेनी पुस ३० गते । यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा […]
मगर विद्यार्थी संघ म्याग्दी इकाई प्रकाश माविको अध्यक्षमा बुढाथोकी
साधन राम्जाली मगर/विकल्प न्युज बेनी, आईतबार पौष २९ गते । नेपाल मगर विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दी शाखाले विधालय स्तरिय इकाई संगठन बिस्तार सुरु गरेको छ । आइतबार सदरमुकाम बेनीमा रहेको प्रकाश माविमा इकाई समिति गठन गरि संगठन बिस्तारको कामलाई सुरु गरेको हो । आइतबार प्रकाश माविमा भएको इकाई शाखाको अध्यक्षमा सन्देश बुढाथोकी मगर […]
मुुसुङमा पर्यटन मेला सुरु
विकल्प न्यूज/बेनी पुस २९ गते । कला र संस्कृतिको संरक्षणसँगै ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको मुसुङमा आइतबार देखि माघे संक्रान्ति पर्वको अवसरमा पर्यटन मेला सुरु भएको छ । मुसुङको स्वर्गाश्रम युवा क्लब आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन हुने मेलाको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले उद्घाटन गर्नुभयो । […]
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनता मावि मुनालाई (फोटोफिचर)
गोपाल आचार्य/ताकम शिवाङ २९ पुस । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ । १० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ […]
धनजनता माविले चुम्यो उपाधि
गोपाल आचार्य/ताकम पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो । धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक […]
वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी पुस २९ गते । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब Influential Bachelor क्लबIB Club ले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ३ दिन सम्म […]
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत
सन्तोष गौतम/विकल्प न्यूज पुस २९ गते । भारतको दक्षिण बंगालमा हालै भएको अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, […]