विकल्प न्यूज\पर्वत
कात्तिक ११ गते ।
नेकपा एमाले पर्वतले पार्टी गतिविधिहरुलाई जनतासमक्ष लैजान प्रचार तथा प्रकाशनको कामलाई तीव्रता दिएको छ ।
विभागले पार्टीले गरेका राम्रा काम जनतासमक्ष पु¥याउन प्रचारको कामलाई तीव्रता दिएको हो । विभाग गठन भएपछि पार्टी कामलाई थप प्रभावकारी बनाउन पार्टी कार्यालय भित्र प्रचार तथा प्रकाशन विभागको डेक्स स्थापना गरी कार्यारम्भ गरिएको छ भने कार्यालय परिसरमा जानकारीमूलक एंकर बोर्डर राखिएको छ ।
त्यसैगरी विभागले पार्टी अध्यक्षको परामर्शमा कार्यालयको मूल गेटमा तीन वर्ष तीन प्राथमिकता सहितको कार्ययोजना बनाई फ्लाक्स बोर्डमा टाँस गर्ने काम गरेको छ ।
दशौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि कार्यालयमा गतिविधिलाई थप प्रकावभारी बनाउने उद्देश्यले पुराना संस्थापक नेताहरु सहित पूर्व पार्टी प्रमुखहरुको तस्वीर अध्यक्ष कार्यालयमा अभिलेखन गर्ने काम समेत भएको छ ।
पार्टीका कामकाजहरुलाई आम जनतासमक्ष प्रभावकारी रुपमा अगाडी बढाउन प्रचार तथा प्रकाशन विभागको कामलाई व्यवस्थित बनाइएको पार्टी अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । प्रचार विभागले पार्टी,संचारमाध्यम,पत्रकार र आमजनतालाई जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीले आधुनिक सूचना तथा संचार प्रविधिको सदुपयोग गर्दै सामाजिक सञ्जालका सबै प्लेट फर्मबाट पार्टीका विचार,शिद्धान्त र कार्यक्रमहरुलाई आम जनता समक्ष पु¥याउन प्रचार विभागले प्रभावकारी रुपमा काम गर्ने उहाँको भनाई छ ।
प्रचार विभागले अल्पकालिन,दिर्घकालिन र विविध योजना बनाउँदै प्रचार तथा प्रकाशनको कामलाई प्रभावकारी बनाउन कार्ययोजना बनाई अगाडी बढेको प्रचार विभाग प्रमुख ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।
प्रचार विभागले पार्टी हितका पक्षमा जनमत सिर्जना गर्ने,प्रचारको कामलाई व्यवस्थित गर्ने र जिल्लाका पत्रकारहरुसँग नियमित भेटघाट गर्ने लगायतका कामहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउने विभाग प्रमुख आचार्यको भनाई छ ।
विभाग प्रमुख आचार्यका अनुसार अल्पकालिन योजना भित्र प्रचार कार्यशाला आयोजना गर्ने,पार्टीका पक्षमा जनमत सिर्जना गर्ने,विशेष दक्ष टिम तयार गर्ने,प्रचार डेक्स स्थापना गरी प्रचारको कामलाई व्यवस्थित र संस्थागत गर्ने,वेवसाइट र विभिन्न सामाजिक सञ्जालहरुको उचित प्रयोग गर्ने र पार्टीले गरेका गतिविधिहरुलाई संचारका माध्यमबाट प्रचारप्रसार गर्ने छन् ।
यसैगरी प्रचार विभागको दिर्घकालिन योजना भित्र स्मारिका प्रकाशन गर्ने,डकुमेन्ट्री निर्माण गर्ने,वेवसाइट संचालन गर्ने,कार्यालयमा इलेक्ट्रोनिक सूचना वोर्ड राख्ने र प्रचारप्रसार कोषको स्थापना गर्ने लगायतका योजनाहरु रहेको प्रचार विभागले जनाएको छ ।
साथै विभागले प्रेस चौतारीसँग अन्तरक्रिया तथा योजना निर्माण गर्ने,नेकपा एमालेको अगुवाईमा भएका विकास निर्माणका कामहरुको सूची तयार गरी प्रचारप्रसार गर्ने,पार्टीको पक्षमा जनमत निर्माण हुने सामग्री उत्पादन तथा प्रकाशन गर्ने कामहरुलाई व्यवस्थित र प्रभाकारी रुपमा अगाडी बढाउने योजनाहरु बनाएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो ।