ताजा समाचार:
Search

बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
पुस ३० गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि दुइदिने माघे संक्रान्ती मेलाको आयोजना गरिएको महिला उद्यम विकास समितिकी अध्यक्ष सुनिता केसीले बताउनुभयो । महिलाहरुकै अगुवाई र सक्रियतामा हुने मेलाले महिलाहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
जिल्लाका ६ वटै स्थानीय तहका महिलाहरुले उत्पादन गरेका सामाग्रीहरु मेलामा प्रदर्शनमा राखिने उहाँले बताउनुभयो ।
माघे संक्रान्ति मेलाको जगेर्ना,स्थानीय कला संस्कृतिको संरक्षण र सम्बद्र्धन,आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नमा टेवा पु¥याउन मेला आयोजना गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । बेनीको पहिचानका रुपमा परम्परागत रुपमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ती मेला आयोजनाको गर्न लागिएको उहाँले बताउनुभयो । दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष २०७५ विषयक खुल्ला लोकगीत प्रतियोगिता,महिला पुरुष अन्धनिशान,महिला पुरुष छेलोफाल्ने,महिला पुरुष लठोतान्ने प्रतियोगिताका र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।मेलाको उद्घाटन पूर्व स्थानीय जाताजातीको भेषभुषा,कलासंस्कृति सहितको ¥यालीले बजार परिक्रमा गरेको छ ।  दुई दिन सम्म सञ्चालन हुने मेलामा ७ लाख ३५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।