समाचार

म्याग्दीमा विपद्का घटनाबाट पीडित घरपरिवारलाई राहत स्वरुप ९ लाख वितरण

विकल्प न्यूज/बेनी माघ १० गते । जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद् व्यवस्थापन कोषबाट चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म ९ लाख ३० हजार रुपियाँ राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न किसिमका विपद्मा परेर पीडित भएका सर्वसाधारणहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार उक्त राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी […]

अन्नपूर्णमा गाउँपालिका भवनका लागि निशुल्क जग्गा

विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयहरुले निशुल्क जग्गा उपलब्ध गराएका छन् । गाउँपालिका केन्द्र पोखरेबगरका स्थानीयवासीहरुले गाउँपालिकाको भवनका लागि ४ रोपनी आठ अना जग्गा निशुल्क उपलब्ध गराएका हुन । स्थानीयवासीले उपलब्ध गराएको जग्गाको मुल्य स्थानीय बजार भाउअनुसार एक करोड अनुमान गरिएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताउनुभयो […]

मोडलिङमा भविष्य खोज्दै अस्मी

विकल्प न्यूज/बेनी माघ १० गते । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिँदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन खोज्दै छिन अस्मी थापा । म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकम धारापानीमा जन्मीएकी […]

वडा अध्यक्षको पद त्यागेका खड्काको फस्टाउँदो बाख्रापालन

साधन राम्जाली/विकल्प न्यूज मघ १० गते । दुइवर्ष अघि स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका २ ज्यामरुककोटको वडा अध्यक्षको उम्मेदवार बन्न पार्टीले गरेको प्रस्तावलाई अस्विकार गर्नुभएका खबरका यामबहादुर खड्काले बाख्रपालन व्यवसाय सुरु गर्नुभएको छ । २० लाख रुपियाँ लगानी गरेर खड्काले उन्नतजातका बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । ४८ बर्षिय खड्काले २० लाख रुपियाँको लगानीमा बाख्रापालन […]

बेनी नगरपालिकाको चौंथो नगरसभा सुरु

विकल्प न्यूज/बेनी माघ १० गते । म्याग्दीको बेनी नगरपालिकाको चौंथो नगरसभा बुधवार सुरु देखि भएको छ । मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को मस्यौदा लाई टेबुल गरिएको छ । बातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक टेकबहादुर रावलले उक्त ऐन नगरसभामा टेबुल गर्नुभएको हो । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले […]

नेपाल मगर बिद्यार्थी संघ माउन्ट इकाई अध्यक्षमा शेरपुन्जा

समिर रोका मगर /विकल्प न्यूज माघ ९ गते । नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । बुधबार सदरमुकाम बेनिबजार स्थित माउन्ट एभरेष्ट आवासीय मा.बिमा गठन भएको इकाई कमिटीको अध्यक्षमा सुमित्रा शेरपुन्जा मगर चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षमा अनिश अर्मजा मगर, सचिवमा सोम रोका मगर […]

यस्ता छन् रघुगंगा गाउँकार्यपालिकाका निर्णयहरु

विकल्प न्यूज/बेनी माघ ९ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत सञ्चालन हुने योजनाहरुमा […]

तिम्ल्याह सन्तान हुर्काउनै सकस

साधन राम्जाली/विकल्प न्यूज माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा रहेन् । तर […]

धवलागिरी गाउँपालिकाद्धारा निर्माण उपकरणको भाडा निर्धारण

सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक निर्माणमा प्रयोग हुने एक्साभेटरको भाडादर कायम गरेको हो । गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुमा बकेट प्रयोग गर्दा प्रतिघण्टा पाँच हजार दुई […]

जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु

विकल्प न्यूज/ बेनी माघ ९ गते । जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ । जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण र व्यवस्थापनमा प्रबिधिको […]

लभ्लीहिलमा पार्क निर्माणको तयारी

विकल्प न्युुज /बेनी माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो . समितिको सदस्यहरुमा […]

निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित, घरदैलोमै सेवा पाउँदा स्थानीयवासिन्दा खुसीले गद्गद्

विकल्प न्युज /म्याग्दी माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ जना महिला तथा १ सय ५३ […]

दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान

विकल्प न्युज /बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ ।   स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल […]

निर्माण व्यवसायी संघ म्याग्दीमा निर्वाचनको कार्यक्रम माघ १९ गते तय

विकल्प न्यूज/बेनी माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट […]

जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गर्नुभएको हो । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर […]