समाचार

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

विकल्प न्यूज/बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा […]

प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

विकल्प न्यूज/बेनी माघ १९ गते । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका […]

मृत्युको मुखमा पुगेकी बालिकालाई कलेजो दान गरेर पुर्नजन्म दिलाए केसीले

विकल्प न्यूज/बेनी माघ १९ गते ।  म्याग्दीका एक व्यक्तिले मृत्युको मुखमा पुगेकी बालिकालाई आफ्नो अंग दान गरेर पुर्नजन्म दिलाएका छन् । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिनाकी  सियाना रन्तीजा पुनलाई बेनी नगरपालिका ८ निवासी ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष एवम् समाजसेवी व्यक्तित्व चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गर्नुभएको हो । जन्मेको चार महिनामै कलेजो खराव भएपछि […]

अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन […]

बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री […]

भकिम्लीको डोलेमा हेलिप्याड निर्माण

विकल्प न्युज / बेनी बेनी १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा […]

पोखरेबगरमा आधारभूत पत्रकारिता तालिम सुरु

विकल्प न्युज / पाेखरेबगर पोखरेबगर १६ माघ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधबारदेखि आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । वडा स्तरमा पत्रकारिताको पहुँच विस्तार गरि स्थानीय गतिबिधि सञ्चार माध्यम समक्ष […]

मालिकाकाे दरबाङमा सचेतनामुलक कार्यक्रम

साधन राम्जाली मगर /विकल्प न्युज दरबाङ, मंगलबार माघ १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि […]

धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी

विकल्प न्युज/बेनी बेनी १५ माघ । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् । नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, […]

सडककाे मापदण्ड र नक्साङ्कनको अन्यौलता हटाउन माग

सन्तोष गौतम बेनी १५ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले कालीगण्डकी कोरीडोर अन्तरगत मालढुङ्गा–बेनी खण्डको सडकको मापदण्ड र नक्साङकन सम्बन्धी अन्यौलता हटाउन माग गर्नुभएको छ । गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बिशेष समय लिएर बोल्नुभएका म्याग्दी प्रदेश सभा क्षेत्र क बाट निर्वाचित सांसद केसीले मालढुङ्गा देखि बेनी सम्मको सडक पर्वत अथवा बागलुङ कुन जिल्ला […]

बेनीमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित ¥याली

विकल्प न्यूज/बेनी माघ १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा ¥याली गरिएको छ । ¥यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको […]

रघुगंगामा शैक्षिक गुणस्तर सुधारको पहल

विकल्प न्यूज /बेनी माघ १४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविकास देखि नै शैक्षिक गुणस्तर सुधारमा पहल थालेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटै बालविकास केन्द्रमा उपयुक्त शैक्षिक वातावरण तयार गर्दै गुणस्तरीय सिकाईलाई अबलम्बन गर्नको लागि गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि कार्यशाला आयोजना […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई आठ पदक

विकल्प न्यूज/बेनी माघ १४ गते । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले आठ वटा पदक जितेको छ । कास्की तेक्वान्दो संघ र हिमालयन कम्प्युटर पोखराको आयोजनामा माघ ११ र १२ गते भएको प्रतियोगितामा सर्वोकृष्ट सहित एक वटा स्वर्ण, एक वटा रजत र पाँच वटा कास्य पदक जितेका हुन् । छ वटा जिल्लाका खेलाडीहरुले […]

युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]

नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा

समिर रोका मगर/बिकल्प न्युज बेनी ,माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध्यक्ष पुर्जा संगै कमिटीको उपाध्यक्षमा तिलक थापा मगर […]