समाचार

अभिभावकको स्मृतिमा पदमार्ग निर्माण

विकल्प न्युज /बेनी माघ २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ ।स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग गर्नुभएको स्थानीय गम […]

बेनपा ६ को पचास प्रतिशत योजना सम्पन्न

साधन राम्जाली /विकल्प न्युज माघ २८ गते । म्याग्दीको बेनी नगरपालिका– ६ को चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये पचास प्रतिशत योजनाहरु सम्पन्न भएका छन् ।वडाले सिफारिस गरि नगव.रपालिकाबाट विनियोजन भएका २८ मध्ये १५ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु […]

म्याग्दीका स्थानीय तहले अझै बनाएनन् पाठ्यक्रम

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज माघ २८ गते । संविधान अनुसार स्थानीय तहले बनाउनुपर्ने शैक्षिक पाठ्यक्रम अझै बनाएका छैनन् । जनप्रतिनिधिहरु निर्वाचित भएको डेढवर्ष वितिसक्दा पनि पाठ्यक्रम बनाउन स्थानीय तहले कुनै पहल थालेका छैनन् । विकास निर्माणका नाममा स्थानीय तहमा डोजरे संस्कृति मौलाउँदो छ । भिरपाखा र गाउँघरमा डोजरले सडक निर्माण गरेपछि विकास हुने सोच जनप्रतिनिधिहरुमा छ […]

दुर्घटना अपडेट ः गापा अध्यक्षको पहलमा घाइतेलाई हेलिकोप्टरबाट मनिपाल पठाइयो

विकल्प न्यूज/बेनी माघ २७ गते । आइतवार दिउसो बेनी बाट रघुगंगा गाउँपालिका २ राँखु भगवति जाँदै गरेको ग १ ज ५८९९ नम्बरको यात्रुबहाक जिप दुर्घटनामा गम्भिर घाइते भएकी रघुगंगा गाउँपालिका ३ मालिकाकी ३७ वर्षीय सरस्वती परियारलाई गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको विशेष पहलमा हेलिकोप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा पु¥याइएको छ । गर्भवती समेत रहेकी परियारको अवस्था गम्भिर भएकाले […]

जिप दुर्घटना अपडेट ः १२ घाइतेको बेनीमा उपचार हुँदै र एकलाई पोखरा रिफर

विकल्प न्यूज/बेनी माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनी देखि रघुगंगा गाउँपालिका २ राँखु भगवति तर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ५८९९ नम्बरको यात्रुबहाक जिप आइतवार दिउसो करिव ३ बजे तिर गलेश्वर पारि सडकबाट एकसय मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते […]

बेनी बाट राँखु जाँदै गरेको जिप दुर्घटना

विकल्प न्यूज/बेनी् माघ २७ गते । म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका २ राँखु भगवती जाँदै गरेको जिप गलेश्वर भन्दा माथि दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । ग १ ज ५८९९ नम्बर को जिप यात्रु लिएर बेनी बाट राँखुका जाँदै गर्दा गलेश्वर पारीको सडकमा दुर्घटना भएको हो । जिप सडक […]

स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

विकल्प न्यूज/बेनी माघ २७ गते ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ । लायन्स क्लव आफ दरवाङ म्याग्दीले आयोजना गरेको […]

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन/विकल्प न्यूज माघ २६ गते । नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाले अन्नपूर्ण गाउँपालिका ६ घारका आगलागी पीडित भुपेन्द्र खड्काको परिवारलाई राहत वितरण गरेको छ सोसाइटीले शुक्रवार पीडितको घरमा पुगेर त्रिपाल, लत्ताकपडा र भाँडाकुडाह? वितरण गरेको हो । यहि माघ १० गते विद्युत सर्ट भई घरमा आगो लागि हुँदा घर जलेर पुरै ध्वस्त भएको थियो […]

राजन खत्रीको लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, माघ २५ । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् । ‘छातीको देब्रे पाटोमा, फुलैफुल त बिच्छ्याउन नसकुँला मायालाई काँडा […]

प्राकृतिक तातोपानीमा स्नान गर्न सकिने बाथ ट्युव र पोखरी निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनी नगरपालिका ४ मा प्राकृतिक तातोपानीमा स्नान गर्न मिल्न बाथ ट्युब र पोखरी निर्माण भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले स्नानका लागि आउने पाहुनाहरुको सुबिधाका लागि बाथ ट्युव र पोखरी सञ्चालनमा ल्याएको हो । बाथ ट्युव र पोखरी निर्माण भएपछि तातोपानीमा जुनसुकै समयमा पनि स्नान गर्न सकिने […]

बेनी जोगाउन योजना सुरु

साधन राम्जाली मगर/ विकल्प न्युज माघ २५ गते । नेपालको उच्च जोखिम युक्त सदरमुकामको रुपमा रहेको बेनी बजार संरक्षणको लागि तटबन्धन निर्माण कार्य सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास परियोजना संग सम्झौता गरि उपभोक्ता समिती मार्पmत शुक्रबारदेखी काम सुरु गरिएको हो । चार वटा उपभोक्ता समिति गठन गरि शुक्रबार देखी […]

फागुन ३ देखी मालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड हुने

साधन राम्जाली मगर/विकल्प न्युज माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो । बिहिबार बसेको […]

बेनीको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल

साधन राम्जाली /विकल्प न्यूज माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको, पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका राख्न सक्ने क्षमता नभएकाले आवास गृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो । हाल भएको […]

आइएमई लाइफ ईन्स्योरेन्सको अभिकर्तालाई अभिमुखीकरण

प्रताप बानियाँ / विकल्प न्युज म्याग्दी, माघ २४ गते । आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘बचत सुरक्षा र लगानीका लागि बीमा, बीमाका लागि आइएमई लाइफ ईन्स्योरेन्स’ भन्ने नारासहित कम्पनीका अभिकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा बोल्दै कम्पनीका सहायक महाप्रवन्धक आशिष सिंहले दुर्गम […]

दिदिबहिनी सहकारीको स्थापना दिवसमा रक्तदान

साधन राम्जाली /विकल्प न्युज माघ २४ गते । महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना रेडक्रस म्याग्दी ,रक्तसंचार केन्द्रको सह आयोजनामा […]