समाचार

पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला हुने

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी गाराइएको हो […]

‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध

विकल्प न्यूज/काठमाण्डौं फागुन १३ गते ।  चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ । बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा […]

बिहेकै लागि पाकिस्तानदेखि बागलुङसम्म

बागलुङ  फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ । बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा […]

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु

विकल्प न्युज /बेनी फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन प्रमुख […]

गरिब र विपन्नको उपचारमा सहयोग पु¥याउन हङकङमा जुट्यो ४२ लाख

विकल्प न्यूज/बेनी फागुन १३ गते ।  म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको गरिब तथा विपन्न उपचार कोषमा म्याग्दी प्रवासी संघ(मोना) हङकङमा आवद्ध म्याग्देलीहरुले करिब ४२ लाख रुपियाँ सहयोग गरेका छन् । कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि सहयोग जुटाउन यतिखेर हङकङमा रहनु भएका कोष अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुन मगरलाई […]

मजदुरका लागि असुरक्षित बन्दै निलगिरी जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी फागुन १३ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजना मजदुरका लागि असुरक्षित बन्दै जानथालेको छ । पछिल्ला केही महिना यता आयोजनामा काम गर्ने दुइ मजदुरको ज्यान गएको छ । आयोजनाले मजदुरको सुरक्षाका लागि अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि कार्यन्वयन नगर्दा मजदुरहरु जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ । आयोजनाको यतिखेर […]

व्यक्तिगत लगानीमा चौतारी पोखरी निर्माण र सुकुम्वासीलाई घर दिने अभियान

ध्रुबसागर शर्मा शर्मा /विकल्प न्यूज फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं ६ का वडाअध्यक्ष कृष्णबहादुर बानियाँले वडावासीहरुको सुविधा र ग्रामिण सम्पदाहरुको संरक्षणका लागि निजी लगानीमा वडा भित्रका सार्वजनिक ठाउँहरुमा चौतारी पोखरी निर्माण गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ६ को छापमा एक लाख ५० हजारको लागतमा चौतारी पोखरी निर्माण गर्नुभएका वडा […]

म्याग्दीमा प्रहरीको “लामो दुरीको” गस्ती सुरु

विकल्प न्यूज/बेनी फागुन १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लामा “लङ रुट गस्ती” सुरु गरेको छ । प्रहरी नायब निरिक्षक (सई) को   कमाण्ड माा  रहने गरी ७ जनाको टोलीलाई ग्रामिण भेगमा परिचालन गरिएको हो । ग्रामिण भेगमा प्रहरीको पहुँच वृद्धि गरी आपराधजन्य गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको नव आगन्तुक प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद […]

राष्ट्रपति रनिङ शिल्ड विजेता रघुगंगा र मुक्तिधाम माविको बिजय उत्सव

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रघुगंगा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधिको बिजेता पिप्लेको रघुगंगा र उपबिजेता भगवतीको मुक्तिधाम माविले आइतबार बिजयउत्सव मनाएका छन् । रघुगंगा माविका शिक्षक, विद्यार्थी र अभिभावकहरुले बाजागाजा सहित पिप्ले गाउँ परिक्रमा गरेर विद्यालयमा पदक दिलाउन योगदान गर्ने विद्यार्थीहरुलाई सम्मान गरेका थिए […]

भगवतीमा आयोडिन नुनको बारेमा जनचेतनामुलक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । आयोडिन नुनको प्रयोगको बारेमा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको मुक्तिधाम माविमा आइतबार सन्देशमुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डीङ कर्पोरेशन बागलुङको आयोजनामा आयोडिन नुनको महत्व, सुरक्षित प्रयोगको बिधीको बारेमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । सो अवसरमा २० जना विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको चिन्ह अंकित झोला वितरण गरिएको थियो […]

राखु पिप्लेकी ८१ बर्षिया बृद्ध बलात्कृत

विकल्प न्युज/ बेनी फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ । राती घरभित्र बृद्धा मात्र सुतेको अवस्थामा छिमेकी दर्जीले एक्लै […]

धौलागिरीमा वडामा पुगेर योजना सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन ।  म्याग्दीको धवलागिरी गाउँपालिकाको ५ मल्कवाङ र ६ मराङमा चालू आर्थिक वर्षमा बजेट बिनियोजन भएका पूर्वाधार योजनाको वडामै सम्झौता भएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीले भौगोलिक रुपमा विकट तथा दुर्गम क्षेत्रमा पर्ने मराङ र मल्कवाङमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेका हुन् । योजना सम्झौतासँगै जेष्ठ नागरिक परिचयपत्र […]

जेसीजद्धारा तातोपानी कुण्डमा पर्यटन प्रबद्र्धन बोर्ड स्थापना

विकल्प न्यूज/बेनी फागुन १२ गते ।  म्याग्दी जेसीजले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको प्रबद्र्धनका लागि जानकारी बोर्ड स्थापना गरेको छ । शनिबार तातोपानी कुण्डमा एक कार्यक्रमको आयोजना गरी बोर्ड स्थापना गरेको म्याग्दी जेसिजका अध्यक्ष खमथापा मगरले बताउनुभयो । तातोपानी कुण्डको थप प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको उहाँले बताउनुभयो । कार्यक्रमका […]

दिपक माविलाई १ लाख रुपैयाँ सहयोग

समिर रोका /बेनी फागुन १२ गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई एक लाख रुपियाँ सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका ९ स्थाई ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका भल प्रसाद शेरचनले बिद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको शिक्षक बिष्णुप्रसाद दुङगानाले जानकारी दिनुभयो । निशुल्क भवन निर्माण गरिदिनुहुने स्वर्गीय कबिर प्रसाद […]

क्षत्री समाज म्याग्दीको १३औं वार्षिक साधारणसभा

विकल्प न्यूज/बेनी फागुन १२ गते ।  ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित क्षत्री समाज म्याग्दीको शनिबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सबै जातजातिको सहकार्यबाट नै समाज विकासले गति लिने भएकाले एक भएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् […]