ताजा समाचार:
Search

समाचार

पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख संकलन

विकल्प न्यूज/बेनी असार १ गते । गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको छ । महायज्ञ मुल आयोजक समितिले शनिबार पत्रकार सम्मेलन मार्फत स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा गत फागुन ९ गतेदेखि २३ गते सम्म संचालित महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । महायज्ञको कुल आम्दानी १२ करोड, १५ […]

गण्डकीमा ३३ अर्बको बजेट सार्वजनिक

असार १ गते।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो। बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार चालुतर्फ छ भने पुँजीगततर्फ १९ अर्ब […]

पात्लेखेतका आमाहरु नौमति बाजा सिक्दै

विकल्प न्यूज/बेनी जेठ ३० गते । बेनी नगरपालिकाले यहाँका आमाहरुलाई नौमति बाजा बजाउने सीप र कला सिकाउन तालिम दिएको छ । एक महिना पन्ध्र दिनको तालिम लिएपछि महिलाहरु नौमति बाजा बजाउन सक्ने भएका छन् । विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग हुने र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि संस्कृति संरक्षणका निम्ति आमाहरूलाई […]

‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा

गण्डकी,  जेठ२८ गते । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र […]

अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल

विकल्प न्युज/ बेनी जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बालबालिकाहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालित भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी तिलिजा, युता थजाली, […]

अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण

विकल्प न्युज/ बेनी जेठ २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा […]

अन्नपूर्णमा उत्कृष्ट कृषकलाई सम्मान

ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिका भित्रका ५ जना उत्कृष्ट कृषक र एउटा कृषि समुहलाई नगद सहित सम्मान गरेको हो । व्यवसायिक कृषि खेती गरेका उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुने […]

दरवाङमा सेनाको एकिकृत स्वास्थ्य शिविर

दरवाङ, २७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको संयोजनमा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा भएको शिविरमा श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं. २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल […]

अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक

विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण […]

अन्नपूर्णको नारच्याङमा ट्रेकिङ गाइड तालिम सुरु

म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी वडा नम्बर ४ नारच्याङमा पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेडेमीका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । १३९ घण्टाको तालिममा सहभागी भएपछि […]

प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण

ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी […]

बेनीको कालिपुल स्थित सडक अस्फाल्ट प्रविधिको कालोपत्रे हुने

विकल्प न्यूज/बेनी जेठ २५ गते । बेनी नगरपालिका ८ स्थित कालिपुल क्षेत्रको मुख्य सडक असफाल्ट प्रविधिको कालोपत्रे हुने भएको छ । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत पर्ने यो सडकलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालिगण्डकी पुल देखि पाँचसय मिटर अगाडी सम्म असफाल्ट प्रविधिको कालोपत्रे गर्ने भएको हो । सडक कालोपत्रे गर्नका लागि करिब एककरोड रुपियाँ लागत अनुमान […]

बेनीको मुक्तिनाथ सहकारीले सुरु गरेको योग अभ्यासको निरन्तरता

विकल्प न्यूज/बेनी जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिका ८ स्थित न्यूरोडमा संचालित मुक्तिनाथ बहुउश्यीय सहकारी संस्थाले सुरु गरेको योग अभ्यासलाई निरन्तरता दिइएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई गत वैशाख २८ गते देखि जेठ १ गते सम्म योग प्रशिक्षण सुरु गरेको थियो । सेयर सदस्यहरुको मानसिक,शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि सुरु गरेको योग […]

बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २४ गते ।  म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका वारेमा राय […]

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, जेठ २४ गते ।   गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर  ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय […]