समाचार

९७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया

विकल्प न्यूज/बेनी जेठ ८ गते ।  चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनमगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका सर्जन डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सक समूहले उनको शल्यक्रिया गरेको थियो । ९७ वर्षको उमेरमा भएको यो शल्यक्रिया […]

बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प

म्याग्दी, जेठ ७ गते ।   म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो । सङ्घीय खानेपानी तथा […]

डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

 विकल्प न्यूज/बेनी जेठ ७ गते ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले म्याग्दीसँग सिमाना जोडिएको कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । […]

कालिगण्डकी शिलामा भगवानको नाम

 जेठ ६ गते । कालि गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदिका शिलाको नामाङ्कन सुरु गरिएको छ । आईतबार मोहिनी एकादशीको अवसर पारेर शालग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो ।  “स्थानीय तहहरुले पवित्र नदी कालि गण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो,” अभियानकर्मी यज्ञ बहादुर थापाले भन्नुभयो, “स्थानीय तहका […]

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

 (म्याग्दी), जेठ ६ गते ।  पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने […]

जलजलामा शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक

पर्वत, जेठ ६ गते ।  पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको सुधार र […]

निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

जेठ ६ गते ।  जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले […]

मुस्ताङको एमाले अध्यक्षमा लालचन चयन

म्याग्दी, जेठ ६ गते ।  नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक बिक र उपसचिवमा […]

चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन जनप्रतिनिधिलाई एमालेको निर्देशन

विकल्प न्यूज\बेनी जेठ ४ गते ।   नेकपा एमाले म्याग्दीले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई चुनावी घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देशन गरेको छ । शुक्रबार बेनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेताहरुले नगर तथा गाउँपालिका जितेका पालिकाहरुमा पार्टीको नीति तथा कार्यक्रम अनुसार जनताको पक्षमा काम गर्ने गरी आगमी आर्थिक वर्षमा बजेट ल्याउन निर्देशन […]

बेनीको राउवडामा सडक ढलान भएपछि यात्रा सहज

विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना अन्तर्गत रावडामा सडक […]

जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी

विकल्प न्यूज/बेनी जेठ ४ गते । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि […]

भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते

विकल्प न्यूज\बेनी जेठ २ गते । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । […]

बेनीमा मादल बजाउने तालिम सुरु

विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ […]

म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा

 विकल्प न्यूज\बेनी जेठ १ गते ।   म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै खोप सुनिश्चितताको […]

म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण

 विकल्प न्यूज\बेनी जेठ १ गते ।    म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान प्रयोगशाला निर्माण गरिएको […]