नेपाल फेस्टिभलमा प्रस्तुति दिन रचना रिमाल अस्ट्रेलिया प्रस्थान
-
नेपाल फेस्टिभलमा प्रस्तुति दिन रचना रिमाल अस्ट्रेलिया प्रस्थान
विकल्प न्यूज\काठमाण्डौं कात्तिक १८ गते । लोकप्रिय गायिका रचना रिमाल अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’ मा सांगीतिक प्रस्तुति दिन बुधबार अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा शुभेच्छुकलाई कार्यक्रममा भेट्न निम्तो दिनुभएको छ । गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलिया यात्राका…
पुरा पढ्नुहोस » -
बाढीपहिरो पीडितलाई १६ लाख ७४ हजार सहयोग
विकल्प न्यूज\बेनी कात्तिक १६ गते । पुन मगर समाज यूके र नेपाल पुन मगर समाजले म्याग्दी, बागलुङ र पर्वतका बाढीपहिरो प्रभावित तथा जटिल रोगबाट पीडितलाई १६ लाख ७४ हजार ३७५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा ज्यान गुमाएका परिवार, विस्थापित तथा प्रभावितलाई…
पुरा पढ्नुहोस » -
बेनीमा क्षयरोग अन्त्यका लागि समुदायस्तरमा अभियान सञ्चालन गरिने
क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम अन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तहस्तरीय क्षयरोग अन्त्य समिति गठन भएको छ । शुक्रवार बेनी नगरपालिकाको सभाहलमा आयोजित समिति गठन तथा जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रमसहित समिति गठन गरिएको हो । बेनी नगरपालिकास्तरीय क्षयरोग अन्त्य समितिको संयोजकमा नगर प्रमुख सुरत केसी, सहसंयोजकमा उपप्रमुख ज्योति लामिछाने, सदस्यहरुमा प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
गलेश्वरधाममा आफन्तको सम्झनामा स्मृति भवन निर्माण
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरधाम शिवालय परिसरमा एकजना आफन्तको सम्झनामा स्मृति भवन निर्माण तथा उद्घाटन भएको छ । शनिवार एक समारोहबीच नवनिर्मित स्मृति भवनको उद्घाटन गरी गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई तालाचाबी हस्तान्तरण गरिएको हो । हाल बेलायतमा रहनुभएका काठमाडौँ निवासी सुरेश काफ्लेद्वारा आफ्नी स्वर्गीय श्रीमती विन्दु काफ्ले पराजुलीको नाममा संस्थामार्फत भवन…
पुरा पढ्नुहोस » -
कालीगण्डकी नदीको कटानबाट क्षतिग्रस्त पर्खाल र रिङरोडको पुनर्निर्माण गरिने
विकल्प न्यूज\बेनी कात्तिक १६ गते । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खालको पुनर्निर्माण गरिने भएको छ । गएको असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल कटान गरी…
पुरा पढ्नुहोस » -
म्याग्दीमा नेकपाको जागरण अभियान शुरु
बेनी,१६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले दुई महिने जागरण अभियान शुरु गरेको छ । बेनीको महारानीथान स्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले जेनजी (नवयुवा)हरुबाट पार्टी सदस्यताको आवेदन फारम ग्रहण गरेर अभियान शुभारम्भ गर्नुभयो । समसामयिक राजनीतिक घटनाक्रमका सन्दर्भमा नागरिक तहमा पार्टीको धारण पु¥याउने, जनताका समस्या, अपेक्षा, गुनासा…
पुरा पढ्नुहोस » -
पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा सांसद जुग्जाली
म्याग्दी, कात्तिक १६ गते । गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन) ले म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास तथा सार्वजनिक भौतिक संरचनाको निरीक्षण गर्नुभएको छ। सोमबार उहाँले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारसँग भेटघाट गर्नुभएको हो। सो अवसरमा मंगला गाउँपालिका–३ का कार्यवाहक वडा अध्यक्ष भेषकुमारी…
पुरा पढ्नुहोस » -
म्याग्दीमा देउवा समूहको आठौँ जिल्ला अधिवेशन, सभापतिमा पुन
विकल्प न्यूज\बेनी कात्तिक १५ गते । म्याग्दीमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको आठौँ जिल्ला अधिवेशनले हिराबहादुर पुनलाई जिल्ला सभापतिमा चयन गरेको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले पुनको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो । उपसभापतिमा बुद्धिमायाँ शेरपुञ्जा, सहसचिव रामबहादुर विक, प्रतिक पाईजा रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा किस्मा मगर,…
पुरा पढ्नुहोस » -
रवि र मेलिनाको ‘बोली वचन’ले जित्दै दर्शकको मन(भिडियो सहित)
ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक १३ गते । पछिल्लो समय लोकगीत क्षेत्रमा स्थापित म्याग्दीका युवा कलाकार रवि कार्की र लोकप्रिय गायिका मेलिना राईको स्वरमा हालै सार्वजनिक भएको ‘बोली वचन’ गीतले दर्शकको मन जित्दै गएको छ । गीतका आकर्षक टुक्काहरू सामाजिक सञ्जाल टिकटकमा समेत लोकप्रिय भइरहेका छन् । गीतका अंशमा टिकटक भिडियो बनाउने क्रम बढ्दै…
पुरा पढ्नुहोस » -
चक्रवात ‘अर्नब’को प्रभाव : म्याग्दीमा उच्च सतर्कता अपनाउन आग्रह
कात्तिक ११ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार सूचना जारी गर्दै कात्तिक १२ गते रातिदेखि १४ गते बिहानसम्म चक्रवातको अवशेष नेपालतर्फ सर्ने क्रममा मौसम प्रभावित हुन सक्ने जनाएको छ। सम्भावित वर्षाका…
पुरा पढ्नुहोस » -
बाढीले मध्यकालीगण्डकीमा क्षतिपुगेपछि एक महिनादेखि निर्माण ठप्प
ठाकुरप्रसाद आचार्य कात्तिक ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँध,सुरुङ,आवास तथा निर्माण उपकरणमा कालीगण्डकी नदीको बाढीले क्षति पु¥याएपछि एक महिनादेखि निर्माण कार्य ठप्प भएको छ । कालीगण्डकी बाढीले निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसप लगायतका संरचनामा क्षति…
पुरा पढ्नुहोस » -
पहिरोले क्षतिग्रस्त संरचना मर्मत गर्न पाउद्वारवासीको श्रमदान
ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) कात्तिक ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बाढीपहिरोले क्षति पु¥याएका सडक, पदमार्ग, खानेपानी र विद्युत् संरचना मर्मत तथा पुनःसञ्चालन गर्न स्थानीयवासी श्रमदानमा जुटेका छन् । गाउँ जोड्ने सडक अवरुद्ध हुनुका साथै बस्ती जोखिममा परेपछि १७० घरपरिवारका बासिन्दाले पूर्वाधार मर्मत र वैकल्पिक सडक निर्माणका लागि सामूहिक पहल थालेका हुन्…
पुरा पढ्नुहोस » -
बाढीको असरले सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित
म्याग्दी, कात्तिक ११ गते । गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ । बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो । बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा…
पुरा पढ्नुहोस » -
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी–जोमसोम) सडकमार्ग पूर्ण…
पुरा पढ्नुहोस » -
कालीगण्डकी बाढीले रातोपानी तातोपानी कुण्ड बगरमा परिणत
ठाकुरप्रसाद आचार्य कात्तिक ६ गते । असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्डको अस्तित्व नै मेटाइदिएको छ । कालीगण्डकी नदीको कटानले कुण्डका संरचना बगाएपछि कुनै समय पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्ड अहिले बगरमा परिणत भएको छ । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको…
पुरा पढ्नुहोस »