चिमखोलाको मौलिक थाली नाचकी सर्जक हिरामाया पुन सम्मानित
-
चिमखोलाको मौलिक थाली नाचकी सर्जक हिरामाया पुन सम्मानित
चैत २६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको मौलिक थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको छ । भूमे पूजाको अवसरमा आयोजित खेलकुद तथा सांस्कृतिक मेलामा चिमखोले समाज युके र चिमखोले समाज बेल्जियमले थाली नाचमार्फत गाउँको पहिचान देश–विदेशमा फैलाउन योगदान पु¥याएको भन्दै पुनलाई नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा…
पुरा पढ्नुहोस » -
डाडागाउँमा पाखो सम्माएर खेलमैदान निर्माण
चैत २६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेलमैदान प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको सामुदायिक भवनको उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले उद्घाटन गर्नुभयो । कुल रु। ५५ लाख ६५ हजार पाँच…
पुरा पढ्नुहोस » -
बेनीमा बस र ट्रक ठोक्किँदा भारतीय पर्यटक घाइते
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २५ गते । कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय पर्यटक घाइते भएका छन् । बेनी नगरपालिका–९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किदै गरेको बस र भैरहबाबाट मुस्ताङ तर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार…
पुरा पढ्नुहोस » -
नातावाद,कृपावाद,चाप्लुसीवाद र चाकरीवादले शासन कमजोर बनायो : सांसद महावीर पुन
काठमाडौँ, चैत २५ गते । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो ।…
पुरा पढ्नुहोस » -
म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने पाठ्यपुस्तक जिल्लामा पुगेको छ । पुस्तक व्यवसायीहरूले शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्र्याएर विद्यालयहरूलाई वितरण गर्न थालेका हुन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीका अध्यक्ष नारायण शर्माले पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रबाट आवश्यक पुस्तक खरिद गरी बेनी ल्याइसकेको जानकारी…
पुरा पढ्नुहोस » -
राजनीतिक दबाबमा नपर्न गृहमन्त्रीलाई पुनको आग्रह, अपराधीमाथि कठोर कारबाहीको माग
स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विगतमा पार्टी र शीर्ष नेतृत्वको हस्तक्षेपका कारण गृहमन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको स्मरण गराएका हुन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न…
पुरा पढ्नुहोस » -
बागलुङ मिडिया मेलाबाट १० बुँदे घोषणापत्र जारी
चैत २२ गते । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको दुई दिने ‘बागलुङ मिडिया मेला–२०८२’ सम्पन्न भएको छ । सञ्चार माध्यममार्फत बागलुङलाई राष्ट्रियस्तरमा चिनाउँदै समृद्ध बागलुङ निर्माणमा टेवा पु¥याउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । मेला सम्पन्नसँगै दस बुँदे ‘बागलुङ मिडिया मेला–२०८२ घोषणापत्र’ समेत सार्वजनिक गरिएको छ । घोषणापत्रमा पत्रकारितालाई समयानुकूल विश्वसनीय,…
पुरा पढ्नुहोस » -
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
म्याग्दी, चैत २० गते । धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छवटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग खोल्न प्रयोग भएको डोजरसँगै ‘बिएए’ ७८४६ नम्बरको जिप बिहीबार पहिलोपटक पुगेको गुर्जाका वडाध्यक्ष झक छन्त्यालले…
पुरा पढ्नुहोस » -
ज्येष्ठको पहल, युवाको साथ : पुर्खौली नाचमा नयाँ आशा
म्याग्दी, १९ चैत । जिल्लाका ग्रामीण भेगमा पुनमगर समुदायको बसोबास रहेका क्षेत्रमा यसअघि ज्येष्ठ नागरिकले पुर्खौली नाच जोगाउँदै आउनुभएको थियो । पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका युवापुस्ता यसको संरक्षण र प्रवर्द्धनमा जुटेका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका १३ वर्षीय अमनपराइ पुन पुर्खौली नाचमा सहभागी हुन थाल्नुभएको छ…
पुरा पढ्नुहोस » -
परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो
म्याग्दी,चैत १८ गते । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका अनुसार गत वर्षको तुलनामा एकसय ८१ जना परीक्षार्थी घटेपछि रघुगंगा गाउँपालिकाको परीक्षा केन्द्र हटाइएको हो । यस वर्ष जिल्लाभर २ हजार…
पुरा पढ्नुहोस » -
जलजलामा नेपाली सेनाद्धारा सञ्चालित वृहत स्वास्थ्य शिविरमा पाँचसय बढीले लिए सेवा
ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ४ मल्लाजमा नेपाली सेनाको वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा पाँच सय ३१ जना सर्वसाधारणले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ । सेनाको नयाँ रणभीम गुल्म अन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक पर्वतको आयोजना र जलजला गाउँपालिका ४…
पुरा पढ्नुहोस » -
मजदुर कुटपिट प्रकरण मिलापत्रमा टुंगियो, दुबै पक्षले गल्ती स्वीकार गरे
म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधिहरुबाट मजदुरमाथि कुटपिट भएको घटना आपसी मिलापत्रमा टुंगीएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा बेनी स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो । विवादको क्रममा दुईपक्षबिचमा हातपात…
पुरा पढ्नुहोस » -
प्रभुचेला धुरी ‘योगध्यान केन्द्र’का रूपमा विकास
म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला ‘ योगध्यान केन्द्र’का रूपमा विकास भएको छ । बस्तीदेखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव व्यवस्थापनका लागि मानिसहरू ‘ध्यान’ गर्न आउन थालेका हुन् । प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान गर्ने थलोका रूपमा विकास भएको प्रभुचेला धुरी…
पुरा पढ्नुहोस » -
ओली र लेखक पक्राउपछि सुरक्षा निकाय हाई अलर्टमा
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रमेश लेखकलाई पक्राउ गरेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राख्दै बिदा रोक्ने, गस्ती बढाउने र रणनीतिक रूपमा परिचालन हुन सर्कुलर जारी गरेका छन् । पक्राउको विरोधमा विभिन्न स्थानमा प्रदर्शन भएपछि गृहमन्त्री…
पुरा पढ्नुहोस » -
गुराँस हेर्न पर्यटक घोडेपानीमा
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ । घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले…
पुरा पढ्नुहोस »