नेपाल फेस्टिभलमा प्रस्तुति दिन रचना रिमाल अस्ट्रेलिया प्रस्थान
विकल्प न्यूज\काठमाण्डौं
कात्तिक १८ गते । लोकप्रिय गायिका रचना रिमाल अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’ मा सांगीतिक प्रस्तुति दिन बुधबार अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा शुभेच्छुकलाई कार्यक्रममा भेट्न निम्तो दिनुभएको छ ।
गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलिया यात्राका तस्बिर सार्वजनिक गर्दै दुईवटै महोत्सवमा सहभागी हुने जानकारी दिनुभएको छ । ‘यात्रा अस्ट्रेलियाको, नेपाल फेस्टिभल सिड्नी र नेपाल फेस्टिभल तास्मानियामा भेटौँ है’ भन्दै उहाँले अस्ट्रेलियामा रहेका नेपाली दर्शक तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थित हुन निम्तोसमेत दिनुभएको छ ।
पछिल्लो समय नेपाली सङ्गीत क्षेत्रमा व्यस्त रहँदै आउनुभएकी रिमालका थुप्रै गीत लोकप्रिय छन् । नेपालमा राम्रो श्रोता तथा दर्शकको साथ पाउनुभएकी उहाँको लोकप्रियता विदेशमा रहेका नेपालीमाझ पनि फैलिएको छ ।
प्रतिक्रिया राख्नुहोस्