पार्कीङ गरेको दुई वटा एक्साभेटरमा आगलागी, तिन वटा ट्याक्सी तोडफोड

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ११ पुस ।
म्याग्दीमा आइतबार राती पार्कीङ गरेर राखेको दुई वटा एक्साभेटर डोजरमा आगलागी र तिन वटा ट्याक्सी तोडफोड भएको छ ।

बेनी–गलेश्वर सडकको रातोपहिरोमा पार्कीङ गरेर राखेको पोखरा कन्ट्रक्सन प्रालीको बा १ क २७५६ र एसीएस एभेरष्ट कन्ट्रक्सनको बा १ क ६५२३ नम्बरको एक्साभेटरमा आगलागी भएको हो । dsc08782डोजरमा आगोलागी हुँदा एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । संगै पार्कीङ गरेर राखिएका दुई वटै एक्साभेटर बेनी–गलेश्वर सडक आयोजनामा प्रयोग हुदै आएका थिए ।

आगलागीको कारण पत्ता लाग्न नसकेको र अनुसन्धान भैरहेको प्रहरि निरिक्षक गुरुले बताउनुभयो । यसैगरी बेनीको दरवाङ बसपार्कमा रोकी राखेको तिन वटा ट्याक्सी तोडफोड गर्ने दुई युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

उनिहरुलाई सिसीटिभी क्यामेराले कैद गरेको दृष्यको आधारमा पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक गुरुले बताउनुभयो । ट्याक्सीको सिसा फुटाएका बेनपा ११ पुलाचौरका २१ व्र्षिय बिशाल कार्की र बेनपा ६ का २४ वर्षिय गुनबहादुर पुन परेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुले आईतबार राती ध १ ज ३४५, ध १ ज २४२ र ध १ ज ४१८ नम्बरको ट्याक्सीको सिसा फुटाएर तोडफोड गरेका थिए ।