बोट बाटै विक्री हुन्छन् बासखर्कका रसिला सुन्तला

सन्तोष गौतम/विकल्प न्यूज
वासखर्क,पुस ११ गते ।
पर्वतको बाँसखर्कमा सहर र बिदेश गएकाहरु गाउँ फर्केर सुन्तला खेती गर्न थालेका छन् ।

सडक र बजार विस्तारसंगै सुन्तलाखेतीबाट आम्दानीको सम्भावना बढेपछि सुबिधा, अवसर र रोजगारीका लागि सहर तथा बिदेश गएकाहरु गाउँ फर्कन थालेका हुन् । छोराछोरी पढाउनका लागि म्याग्दीको बेनीमा बस्दै आउनुभएकी बाँसखर्क २ की चन्द्रकुमारी भण्डारी गाउँ फर्कीएर सुन्तला खेतीमा लाग्नुभएको छ ।baskharka-orange-5   बेनीमा घडेरी समेत किनीसक्नुभएकी भण्डारीले आठ रोपनी जमिनमा दुईसय बोट सुन्तला लगाउनुभएको छ । सुन्तलाले आम्दानी दिन थालेपछि उत्साहीत बनेकी भण्डारी बिदेशमा रहेका श्रीमानलाई घर फर्काउने र पढ्दै गरेका छोरालाई रोजगारीका लागि बिदेश नपठाउने सोचमा हुनुहुन्छ ।

“सुन्तला फल्न थालेपछि बजार जान मन लाग्दैन” भण्डारीले भन्नुभयो “छोरालाई बिदेश पठाउदिन, श्रीमानलाई पनि घर फर्कन भनेकी छु ।” भण्डारी मात्र होईन् बाँसखर्कका धेरैले मकै, कोदो खेती हुने पाखोबारी र खरबारीमा सुन्तला खेती गरेका छन् । गाविसका २६१ मध्य दुई सय घरले करिब डेढ सय हेक्टर जमिनमा ब्यवसायीक सुन्तला खेती गरेका छन् । baskharka-orange-4सडक सुबिधासंगै सुन्तलाले सहज रुपमा बजार र उचित मूल्य पाउन थालेपछि बाँसखर्कका बासिन्दा सुन्तला खेती विस्तारमा लागेका हुन् । वर्षमा डेढ करोड देखि दुई करोड रुपैयाँ सुन्तला बिक्री गरेर गाउँमा भित्र्ने गरेको छ ।
गत वर्ष एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको बाँसखर्कमा यस वर्ष सुन्तला उत्पादन बढेको बजारमारे सुन्तला उत्पादक कृषि सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो ।

यस वर्ष दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन हुने खत्रीको अनुमान छ । मूल्य पार्नका लागि पुष दोस्रो सातादेखि सुन्तला बजारमा पठाउने तयारी गरेको अध्यक्ष खत्रीले बताउनुभयो । बाँसखर्कको सुन्तला पोखराको बजारमा निकासी हुने गरेको छ ।

हाल सत्तरी रुपैया प्रतिकिलोमा बिक्री हुने सुन्तला फागुनसम्म राख्दा एक सय रुपैया भन्दा बढी पर्छ । देशका अन्य ठाउँको सुन्तला बिक्री भैसकेपछि बाँसखर्कका सुन्तला बजार पुग्ने गर्छ । सुन्तला खरिदका लागि ब्यापारीहरु गाउँमै पुगेर मूल्यमा प्रतिस्पर्धा गरिरहेका छन् । baskharka-orange-1पश्चिम फर्कीएको बाँसखर्कको हावापानी र भुगोल सुन्तला खेतीका लागि अनुकुल मानिन्छ । सुन्तला बिक्री गरेर एक जना कृषकले वर्षमा आठ लाख रुपैयाँसम्म आम्दानी गर्ने कृषक नरबहादुर खत्रीले बताउनुभयो । सुन्तला बजार पु¥याउनका लागि बाँसखर्कका बासिन्दाले दुई वर्षअघि बगरफाँट हुदै गाउँलाई जोड्ने सडक निर्माण गरेका छन् ।

मिलनचोक मल्लाज हुँदै घुमाउरो बाटोबाट सुन्तला ढुवानी गर्दै आएका बाँसखर्कका कृषकलाई बगरफाँट–बाँसखर्क सडक बनेपछि छिटो र ढुवानी खर्च घटेको छ । बाँसखर्कमा सुन्तला खेती विस्तार हुने क्रमसंगै सिचाई सुबिधाको भने समस्या देखिएको छ ।

उनिहरुले व्यवस्थित सिचाईका लागि पुम्दीखोलाबाट पानी ल्याउने योजनाका लागि पहल गरेका छन् । बिशेष गरेर चैत, बैशाखको सुख्खा याममा सिँचाईको समस्या हुन गरेको कृषक गोर्खबहादुर खत्रीले बताउनुभयो । सिचाईको व्यवस्था भएमा सुन्तला खेत विस्तार, उत्पादन र गुणस्तर वृद्धी हुने बाँसखर्कका कृषकको अपेक्षा छ ।baskharka-orange-3डेढ सय हेक्टर पाखोबारीमा ब्यवसायीक सुन्तला खेती गरेका छन् । हाल गाउँ नजिककैको मुहानबाट पाईप मार्फत सिँचाई गर्दै आएका छन् । एक घरले चार सय बोटसम्म सुन्तलाका बिरुवा लगाएका छन् ।

बगैचा विस्तार हुने क्रमसंगै पुरानो स्रोतले सिँचाईमा कमी हुन थालेको हो । सुन्तला खेती प्रर्वद्धनका लागि जिल्ला कृषि विकास कार्यालयले सुन्तला बगैचा सुदृढीकरण कार्यक्रमका साथै यस वर्षदेखि प्याक्ट आयोजना सञ्चालन गरेको छ ।