निस्कोटको स्वास्थ्य चौकीलाई जग्गा सहयोग

विकल्प न्यूज/बेनी
पुस १० गते ।

म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् ।

निस्कोट ९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तिन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । पुन दम्पतीले दिवंगत बुवा तुलबहादुर पुनको स्मृतीमा उपलब्ध गराउनुभएको सो जग्गाको मूल्य दश लाख रुपैया रहेको गाविस सचिव छवीलाल उपाध्यायले जानकारी दिनुभयो ।

तिन वर्षअघि स्तरवृद्धी भएको स्वास्थ्य चौकीको भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । जिर्ण र साँघुरो कोठा भएको भवनबाट सेवा प्रवाह हुदै आएको छ । जग्गाप्राप्त भएपछि भवन निर्माण प्राक्रिया अघि बढाइने भएको छ ।

यसैगरी निस्कोट गाविसको गाउँ परिषद्ले चालुतर्फ पाँच लाख ६६ हजार र पुजीगततर्फ ३६ लाख ६२ हजार रुपैया बजेट विभिन्न योजना तथा कार्यक्रमहरुलाई बिनियोजन गरेको छ ।

गाविस सचिव उपाध्यायको अध्यक्षता, जिविस अन्तरगतको स्थानिय विकास कोषका कार्यकारी सचिव राजेन्द्र आचार्यको प्रमुख आतिथ्यता, सामाजिक परिचालक भवबहादुर पुनको सञ्चालन र आमा समूहकी अध्यक्ष रामकुमारी पुनले स्वागत गर्नुभएको कार्यक्रमको दलित जेष्ठ नागरीक एवं सहिद परिवार मनबुजा कमीनिले उद््घाटन गर्नुभएको थियो ।