गुरील्ला पदमार्गको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ पुस ।
म्याग्दीको दरवाङ देखि रुकुमको चुनवाङ जोड्ने द्धन्द्ध प्रभावित बस्तीहरुलाई समेटेर तयार पारिएको गुरील्ला पदमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुममा शनिबार आयोजित कार्यक्रममा गुरील्ला पदमार्ग र युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको हो ।gurila-trail-7तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघिय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्व स्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठककको स्मरणमा गुरील्ला पदमार्ग र युद्ध संग्रहालय स्थापना गरिएको थियो ।

सरकार र माओवादी द्धन्द्धका कारण प्रख्यात बनेका म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका ग्रामिण बस्तीहरुलाई समेटेर तिन वर्षअघि गुरील्ला पदमार्ग सञ्चालनमा ल्याइएको थियो । दरवाङबाट सुरु भएर ताकम, मुना, लुलाङ, जलजला, बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुदै रोल्पाको सुलीचौरमा पुगेर सकिने उक्त पदमार्गमा समय अनुकुल २७, १९ र १४ दिनको तिन वटा प्याकेजमा यो भ्रमण गर्न सकिन्छ ।
मगर र अन्य समुदायको संस्कृती, प्राकृतीक सम्पदा, हिमश्रृङखला, ग्रामिण जिवनशैली र स्थानीयबासीको द्धन्द्धकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ । पदयात्राको क्रममा हिमाल, जंगल, नदी, छहरा, ग्रामिण बस्ती, जंगली जनावर र पंशिहरुको समेत अवलोकन गर्न पाईन्छ ।
पदयात्रामा धौलागिरी, सिस्ने, अन्नपूर्ण, चुरेन, कुन्था लगायतका हिमाल हेर्न पाईन्छ भने नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने चार हजार साठी मिटरको उचाइमा रहेको फागुने लके समेत पार गनुपर्ने हुन्छ ।