झिँको गाउँ परिषद् सम्पन्न

विकल्प न्यूज/बेनी
पुस ९ गते ।

चालु आर्थिक वर्ष २०७३७४ का लागि प्राप्त भएको ३६ लाख ३४ हजार ५३५ रुपैया बजेट विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन गर्दै म्याग्दीको झिँ गाविसको २५ औ गाउँ परिषद् शनिबार सम्पन्न भएको छ ।

गाविस सचिव तेजकुमारी थापाको अध्यक्षता, एकिकृत योजना तर्जुमा समितिका सचिव एवं महेन्द्र माविका प्रअ यामबहादुर गर्बुजाको सञ्चालन र जेष्ठ नागरीक गौबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न परिषद्ले भौतिकतर्फ १९ लाख ६१ हजार रुपैया बजेट बिनियोजन गरेको छ ।

सबैभन्दा बढी महेन्द्र माविको दुई कोठे भवन निर्माणका लागि दश लाख रुपैया बिनियोजन भएको छ । महिला र बालबालीकातर्फ तिन लाख ६३ हजार ४५३, जनजाती, युवा, अपाङ्ग, दलित, जेष्ठ नागरिकका लागि पाँच लाख ६५ हजार १८१, कृषिमा एक लाख ८६ हजार ६३ र खानेपानीतर्फ एक लाख रुपैयाँ बिनियोजन भएको छ ।

चुमाया थजाली, राजनितिक दलको तर्फबाट नेपाली काँग्रेसका गोविन्द पाईजा, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्रलाल जैसवाल र महिला सहकारीकी श्रीमाया शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको परिषद्ले आगामी आर्थिक वर्षका लागि चालीस लाख रुपैया बजेट प्रस्ताव गरिएको छ ।