आगलागी पीडितलाई स्वमसेवीकाको सहयोग

विकल्प न्यूज/बेनी
पुस ९ गते ।
बेनी नगरपालिका ८ अर्थुङ्गेका आगलागी पीडितहरुलाई सावीकको अर्थुङ्गे गाविसमा कार्यरत महिला स्वमसेवीकाहरुले शानिवार राहत सहयोग गरेका छन् ।

गत मंगलबार आगलागी हँुदा अर्थुङ्गेकी महिला स्वमसेवीका सन्तु पौडेलको घर जलेर नष्ट भएको थियो । आगलागि पीडित पौडेलका परिवारलाई नौ हजार रुपैयाँ नगदका साथै खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् ।aagologi-pidit-lai-help-3महिला स्वमसेवीकाहरुको कोषमा रहेको नगद तथा व्यक्तिगत रुपमा सामान संकलन गरेर आगलागी पीडित पौडेलका परिवारलाई घरमै पुगेर उपलब्ध गराइएको स्वमसेवीका भावना पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।