मौवाफाँट बचत तथा ऋण सहकारीको अधिवेसन सम्पन्न

विकल्प न्यूज/बेनी
पुस ९ गते ।
म्याग्दीको पिप्ले गाविसको मौवाफाँटमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसन शनिवार सम्पन्न भएको छ ।
अधिवेसनले मुक्तिनाथ शर्मा अध्यक्ष, गोपाल सुवेदी उपाध्यक्ष र प्रकाश सुवेदी सचिब रहनुभएको नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको सहसचिबमा मुकुन्द प्रसाद सुवेदी, कोषाध्यक्षमा कमला केसी र सदस्यहरुमा रमेश सुवेदी, भरत सुवेदी, लाल बहादुर विश्वकर्मा, सुर्यदक्त शर्मा, पूर्ण गर्वुजा र साउनी विश्वकर्मा चयन हुनुभएको छ ।

अधिवेसनले मुकुन्द प्रसाद शर्माको संयोजकत्वमा नरबहादुर विश्वकर्मा र निरा खत्री सदस्य रहको ऋण उपसमति, निलकण्ठ सुवेदीको संयोजकत्वमा थमबहादुर बुद्धिजा र रबि भण्डारी सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

त्यसैगरि बालकृष्ण सुवेदी संयोजकत्वमा शिब केसी, निलकण्ठ सुवेदी, तारानाथ शर्मा, र अर्जुनप्रसाद सुवेदी सदस्य रहनुभएको सल्लाहकार समिति चयन गरेको छ ।

सहकारीका अध्यक्ष शर्माको अध्यक्षता, लेखा समिति संयोजक तथा ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदीको प्रमुख अतित्यथा रहेको कार्यक्रमा बिशिष्ट अतिथि निवर्तमान प्रअ हरि सुवेदी, इन्द्रदक्त सुवेदी, सल्लाहकार सदस्य तारानाथ शर्मा र सहकारीका उपाध्यक्ष गोपाल सुवेदीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीका सहसचिब मुकुन्द प्रसाद शर्माले स्वागत र सचिब प्रकाश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा सचिब सुवेदीले प्रगति र कोषाध्यक्ष केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सफल बचतकर्ता लालकुमारी खत्रीलाई सम्मान ज्ञानोदय माविबाट गत बर्ष एसएलसीमा उत्कृष्ट अंक ल्याउने दिपेश शर्मालाई पुरस्कृत गरिएको थियो ।

कुल २९ लाख ६६ हजार ७९२ रुपैयाँ कारोबार गरेको सहकारीले एक बर्षमा ४ लाख ४२ हजार ६ सय ६० आम्दानी गरेको मध्ये २ लाख ६९ हजार खर्च भई १ लाख ७५ हजार ५ सय ९१ खुद मुनाफा गरेको जनाएको छ । शेयर पुँजी ११ लाख ४९ हजार ८ सय रहेको सहकारीको बचत संकलन १५ लाख ७३ हजार ९ सय ९२ रहेको छ ।