बेनीमा क्रिसमसको रमझम

सन्तोष गौतम/बेनी
बेनी ९ पुस ।
म्याग्दीमा बसोबास गर्ने ईशाई धर्मालम्बीहरुमा क्रिसमसको रमझम सुरु छाएको छ । ईशाई धर्मवालम्बीहरुले आईतबार विश्वभर क्रिशमस मनाउदैछन् ।

म्याग्दीको बेनी, दरवाङ, तातोपानी, भुरुङ तातोपानी लगायतका ठाउँमा बसोबास गर्ने ईशाईधर्मावलम्बीहरुले क्रिसमस पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।dsc08771यसैक्रममा बेनीको न्युरोडमा रहेको दर्शन मण्डली चर्चले शनिबार साँझ शुभकामना आदानप्रदानसंगै सांस्कृतीक कार्यक्रम गरेको छ । सो कार्यक्रममा कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । पछिल्ला वर्षहरुमा सहरी क्षेत्रका युवापुस्ता माझ अंंग्रेजी नयाँ वर्ष र क्रिसमसको अघिल्लो साझँ नाचगान गरेर मनाउने प्रचलन बढेको छ ।