दिवंगत खेलाडीको स्मृतीमा अक्षयकोष स्थापना गरिने

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ पुस ।
म्याग्दीको पिप्ले गाविसमा रहेको रानीपौवा युवा कल्वले दिवंगत खेलाडीको स्मृतीमा अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ ।

गत साउनमा दिवंगत भएका क्लबका भलिबल खेलाडी प्रताप कार्कीको स्मृतीमा अक्षयकोष स्थापनाका लागि आयस्रोत जुटाउने उद्देश्यले पुस १३ देखि १५ गतेसम्म खेलकुद तथा सांस्कृतीक कार्यक्रम आयोजना गरेको छ ।dsc08770क्लब शनिबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष देव रानामगरले खेलकुद तथा सांस्कृतीक कार्यक्रमबाट बचत हुने रकमबाट स्वर्गीय कार्कीको स्मृतीमा अक्षयकोष स्थापना गरने रकमको ब्याजबाट गरिब विपन्न विद्यार्थीलाई छात्रवृत्ती र विपद् प्रभावितलाई सहयोग गरिने जानकारी दिनुभयो ।

कार्यक्रमबाट बचेको रकमले कोष स्थापना गर्ने लक्ष्य राखिएको छ । गाउँ स्तरीय पुरुष भलिबल, विच भलिबल लगायत खेलकुद प्रतियोगिता र स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमको तयारी तिब्र पारिएको क्लबका उपाध्यक्ष दिनेश कार्कीले जानकारी दिनुभयो ।