म्याग्दी क्याम्पसको शूल्क वृद्धी फिर्ता लिन माग

विकल्प न्यूज/बेनी
पुस ८ गते ।

नेत्रविक्रम चन्द (विप्लव)¬ नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा भएको भर्ना र मासिक शूल्क वृद्धी फिर्ता लिन माग गरेको छ ।

सो संगठनको म्याग्दी बहुमुखी क्याम्पस ईकाई समितिका संयोजक राम जिसीले शुक्रबार एक प्रेश विज्ञप्ती प्रकाशन गर्दै शूल्क वृद्धी फिर्ता लिएर क्याम्पस सञ्चालनका लागि बैकल्पीक स्रोतको खोजी गर्न माग गर्नुभएको हो

वैज्ञानिक शूल्क निर्धारणका लागि समितिको गठन, क्याम्पसमा हुने राजनितिक भागबन्डाको खारेजीका साथै वैकल्पिक स्रोत साधनको पहिचान र परिचालन गरी छलफलको माध्यमबाट समस्या समाधान गर्न माग गरेको छ ।campush 12प्रमुख दलका प्र्रतिनिधिहरुले क्याम्पसलाई संसदीय राजनिति गर्ने थलो बनाएको आरोप लगाउँदै तिनका विद्यार्थी संगठनहरु तिनै सञ्चालकको निर्देशनमा स्वार्थ पुर्तीका लागि सर्मथन र बिरोधमा उत्रिएको विज्ञप्तीमा उल्लेख छ ।

क्याम्पस सञ्चालक समितिको २०७३ असोज १३ गते बसेको बैठकले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, तेस्रो वर्षमा एक हजार र चौथो वर्षमा एक हजार एक सय बनाउने निर्णय गरेको थियो ।

शूल्क वृद्धी फिर्ता लिन माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले समेत क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहमतीमा समय सापेक्ष शुल्क वृद्धी गरिएको र समुदाय स्तरबाट सञ्चालित क्याम्पसको अन्य आयस्रोत नभएकाले शूल्क वृद्धी गर्नुपरेको सञ्चालक समिति र क्याम्पस प्रशासनको प्रतिक्रिया छ ।