एक्काईस महिनापछि भूकम्प पीडितको लगत संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ७ पुस ।
म्याग्दीमा २१ महिनापछि भूकम्प प्रभावितहरुको लगत संकलन सुरु भएको छ । केन्द्रिय तथ्याङ्क विभागले वि.स २०७२ बैशाख १२, २९ गतेको भुकम्प र त्यसपछिको पराकम्पका कारण प्रभावित बनेकाहरुको लगत संकलन गर्न लागेको हो ।

जिविस अन्तरगत जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय स्थापना गरेर पहिलो चरणमा बिहीबार सांसद रेशमबहादुर बानियाँको अध्यक्षतामा समन्वय समितिको बैठक बसेको छ । सरकारले दोस्रो चरणमा म्याग्दी लगायत भुकम्प प्रभावित जिल्लाहरुमा लगत संकलन गर्न लागेको हो ।dsc08755प्रभावितहरुको क्षति र पारिवारीक विवरण संकलन गरिने जनाइएको छ । वास्तवीक भुकम्प पिडितको पहिचान गरि क्षति पुगेका घरको पुननिर्माणका लागि तोकीएको सहयोग वितरण र मापदण्ड कायम गर्ने आधार तय गर्न लगत संकलन गर्न लागीएको तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

तथ्याङ्क सहायक सुवेदी, जिविसका सूचना अधिकृत पदम भण्डारी सम्र्पक व्यक्ति, सम्वादकर्ता मोहनलाल महतो र एक जना कार्यालय सहयोगी रहेको कार्यालय मार्फत भुकम्प पिडितको लगत संकलनका लागि छिट्टै इन्जिनियरहरु सहितको टोली परिचालन हुने जनाइएको छ ।
पुष महिनादेखिनै लगत संकलन गर्न गाउँ जाने तयारी गरेको कार्यालयले तिन महिनाको समयअवधि पाएको छ । २७ हजार ७२७ परिवार संख्या रहेको म्याग्दीमा एक हजार ३८७ जना भुकम्प प्रभावीत रहेका तथ्याङ्क छ ।