दरवाङबासीद्धारा गाउँपालिका केन्द्र बनाउने प्रस्तावको स्वागत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ साउन ।
स्थानीय निकाय पुनसंरचनाका लागि म्याग्दीका राजनितिक दलहरुले गरेको प्रस्तावको दरवाङ गाविसका बासिन्दाले स्वागत गरेका छन् ।

जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले दरवाङ केन्द्र रहनेगरी अर्मन, निस्कोट, रुम, ओखरबोट, देविस्थान र बिम गाविसलाई समेटेर मालीका वा मंगला गाउँपालिका बनाउने प्रस्ताव गरेका थिए ।

गाविस कार्यालयको संयोजनमा भएको बैठकले प्रस्तावको स्वागत गर्दै दरवाङमा गाउँपालिका केन्द्रका लागि आवश्यक पर्ने पर्याप्त सार्वजनिक जग्गा उपलब्ध रहेको भन्दै कार्यान्वयन गर्नुपर्ने निर्णय गरेका हुन् । दरवाङको ४ नम्बर वडामा पर्ने हिदी, खात्रुङ खोलाको विषयमा भने छलफल जारी रहेको छ ।  DSC01940गाउँपालिका  केन्द्र बनाउन माग गर्दै जिविसमा दिएको निवेदन

बाबियाचौर, दरवाङ र कुहुँ गाविसको सिमा क्षेत्रमा पर्ने हिदी गाउँका बासिन्दाले बाबियाचौर केन्द्र रहनेगरी गाउँपालीका भएमा सोमा र बाबियाचौर बेनी नगरपालिकामा समावेश भएको अवस्थामा दरवाङ केन्द्र रहने गाउँपालिकामा समावेश हुने चाहना देखाएको दरवाङका अगुवा युवा हिराबहादुर पुनले बताउनुभयो ।DSC01938मंगलबार जिविस म्याग्दीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङलाई बनाउनु पर्ने माग राख्न आएका दरवाङवासीहरु । तस्विर ठाकुरप्रसाद आचार्य

‘धेरैले दरवाङमा पुर्वाधार निर्माणका लागि पर्याप्त सार्वजनीक जग्गा छैन भनेर गाउँपालीका केन्द्र अन्यत्र राख्नुपर्ने धारणा राखेको सुनियो’ पुनले भन्नुभयो ‘सार्वजनिक निकायको भवन लगायतका पुर्वाधार तयार गर्न पर्याप्त जग्गा छ सरकारी जग्गाले नपुगेको अवस्थामा व्यक्तिगत जग्गा छ । गाउँपालीका केन्द्रको टुङ्गो नलागेसम्म दरवाङ बजारभित्र घरजग्गा खरिद बिक्री नगर्ने निर्णय गरेका छौ ।’DSC01941 गाविसले गरेको निर्णय

उता धौलागिरी गाउँपालिकामा समावेश गर्न प्रस्तावीत मराङ र मल्कवाङ गाविसका बासिन्दाले भने दरवाङ केन्द्र रहने गाउँपालीकामा आवद्ध हुने चाहना राखेका छन् । गाविस स्तरमा भएको छलफलका क्रममा ताकम भन्दा दरवाङ नजिक पर्ने भएकाले दरवाङतिरै मिसीने सुझाव आएको दुईवटै गाविस कार्यालयका सचिव वुद्धीराम शर्माले बताउनुभयो ।

मराङ र मल्कवाङलाई ताकम केन्द्र रहने प्र्रस्तावीत धौलागिरी गाउँपालिमा समावेश गर्ने प्रस्ताव गरिएको थियो । सडक सञ्जालसंग जोडिन लागेका दुई वटै गाविसबासीलाई प्रशासनीक सुगमताका हिसावले दरवाङ नजिक पर्ने अडान राखेको सचिव शर्माले बताउनभुयो ।